विश्वकपमा मिस क्रोएसिया खुल्दै गएपछि कतार ताँतियो

२५ मंसिर,एजेन्सी ।
विश्वकप आयोजना पूर्वअवस्था देखिनै आलोचित र चर्चामा रहदै आएको कतार विश्वकपका सेमिफाइनलका खेल आयोजनाको पूर्व अवस्थामा पुग्दा थप चर्चाको विष बनिरहेको छ । खासगरी मुस्लिम राष्ट्र कतारले आफ्नो धर्म र नीतिअनुसार विश्वकपमा आएका खेलाडी र समर्थकलाई नियम पालना गर्न भनेको थियो ।

कतारको कठोर नियमकै कारण यसपटक खासै फरक किसिमका गतिविधि समेत नभएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । विश्वकपमा कतारले सार्वजनिकस्थल, रंगशालामा अल्कोहल पिउन नपाउने तथा महिलाको हकमा पहिरनमा कडा प्रतिबन्ध लगाएको छ । तर आयोजक कतारको कडा नियमको बाबजुद ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनलमा कतारले महिलासम्बन्धी लगाएको नियम तोडियो ।

कतारको यो नियम मिस क्रोएसिया इभाना नोलले तोडेकी हुन् उनी विकिनी पहिरनमा स्टेडियममा देखिएकी थिइन । अहिले उनले लगाएको पहिरनले विश्वकपमा मात्र नभएर विश्वभरि नै चर्चा बटुलिरहेको छ  भने कतार सरकारको बाध्यकारी नियम तोडिएकोमा प्रश्न उठेको मध्यपूर्वका संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

मिस क्रोएसिया इभानाले आफू अर्धनग्न हुँदै प्यारापिटमा प्रवेश गरेको तश्विर सार्वजनिक गरेकी छिन् । । इभानाले ‘क्रोएसियन झन्डा रंगको बिकिनी’ लगाएकी थिइन । यसअघि मोरक्को र क्रोएसियाबीच पनि उनी यस्तै पहिरनमा उपस्थित भएकी थिइन  । अघिल्लोपटक सुरक्षकर्मीले उनलाई चेतावनी दिएका थिए ।

मिडियाका अनुसार मिस क्रोएसियन नोललाई दोस्रोपटक अर्धनग्न रूपमा नआउन भनिएको छ । तर उनले फेरि त्यही दोहोर्याएकी छिन् । पहिल्लो पटक सुरक्षाकर्मीले नोललाई भित्र प्रवेश गर्न अनुमति नदिएपनि केहीबेरको संवादपछि उनी मैदानभित्र प्रवेश गरेकी थिइन । यसअघि मोरक्कोसँगको खेलमा नोल बिकिनी पहिरनमा प्रवेश गरेको क्षणलाई अन्तर्राष्ट्रिय मिडियाका फोटोग्राफरले फोटोसुट गरेका थिए ।

नोलको पहिरन कतारी समर्थकलाई लोभ्याउने र आयोजकलाई समेत झस्काउने किसिमको थियो । जहाँ उनीसँग तश्विर खिचाउनका लागि कतारीहरु अग्रपङितमा देखिएका थिए । अब सेमिफाइनलमा क्रोएसियाको अर्जेन्टिनासँगको भिडन्तमा मिस क्रोएसिया नोलको स्टेडियममा हुने उपस्थिती र उनको पहिरनतर्फ विश्वको ध्यान केन्द्रित भएको छ।

इभाना आफ्नो देशको प्रतिष्ठित रातो र सेतो ढाँचाको पोशाक लगाएर हरेक खेलमा जान्छिन् । तर कतारको कानुन अनुसार यो पहिरन ठीक होइन । फिफा विश्वकपको समयमा खुला लुगा लगाएकोमा उनलाई जेल पनि हुन सक्छ । सामाजिक सञ्जालमा धेरैले उनको आलोचना पनि गरेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top