×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

५४ सन्तानका पिताको ७५ वर्षमा निधन

२५ मंसिर २०७९

२५ मंसिर,काठमाण्डौ ।
५४ जना सन्तानको पिताका रुपमा चर्चित रहेका पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ । पाकिस्तानमा सन् २०१७ को जनगणनामा ५४ जना सन्तानको पिता भएको पाइएपछि उनी चर्चित बनेका थिए ।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको नोशकी जिल्लामा रहँदै आएका उनको ७५ वर्षको उमेरमा निधन भएको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । ६ जना महिलासँग विवाह गरेका उनको पहिलो विवाह १८ वर्षको उमेरमा भएको थियो । जसमध्ये उनका २ वटी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।

Advertisement
Advertisement

उनका ५४ सन्तानमध्ये १२ सन्तानको पनि यसअघि नै निधन भइसकेको छ । उनका २२ जना छोरा र २० जना छोरी गरी कुल ४२ जना सन्तान जीवित छन् । उनका नातिनातिना र पनाती पनातिनाको संख्या खुलेको छैन् । धेरै सन्तान भएकाले उनीहरुको पालन पोषण र शिक्षा दीक्षाका लागि अब्दुल मजिदले फरक फरक काम गरेका थिए ।

उनको साथमा एउटा इरानी गाडी थियो ।जुन उनले मृत्युको ५ दिन अघिसम्म पनि चलाएर यात्रीलाई सेवा दिएर केही पैसा कमाएका थिए ।अब्दुलका छोरा शाह अलीले भनेका छन्, ‘४२ जना छोराछोरीको शिक्षा दीक्षा र अरु आवश्यकता पूरा गर्नका लागि उहाँले अन्तिम समयसम्म कोसिस गर्नुभयो ।’साह अलीले आफूले पितालाई आरम गरेर बसेको कहिल्यै नदेखेको बताउदै भनेका छन् ‘उहाँलाई मैंले सधैं काम गरिरहेको र मिहेनत गरिरहेको मात्र देखेँ ।’

आफूलाई पढाउन र अन्य आवश्यकता पूरा गर्न बुबाले विभिन्न काम गरिरहेको उनले बताए । उनी भन्छन्, “उहाँसँग जाम्बाड (इरानी कमर्शियल गाडी) गाडी थियो। बुढेसकालको बाबजुद पनि मृत्यु हुनुभन्दा पाँच दिनअघिसम्म परिवारको पूर्ति गर्न गाडी चलाइरहनुभयो।” उनले भने, ‘हामीमध्ये कोही बीए र कोही म्याट्रिक्स गरेका छौँ तर उचित रोजगारी नभएकाले बुबाको उपचार गराउन सकेनौँ ।’

देशका अन्य भागमा ठूला परिवारलाई सरकारबाट सहयोग गर्ने गरेको सुनेको शाहले बताए तर यहाँ सबैभन्दा ठूलो भए पनि आफ्नो परिवार सरकारी सहयोगबाट वञ्चित रहेको बताए । यस वर्षको मनसुनी बाढीले आफ्नो घर भत्किएको उनले बताएका छन् । उनले भने, ‘हामीसँग घर बनाउन सक्ने क्षमता छैन र सरकारले अहिलेसम्म घर पुनर्निर्माणका लागि कुनै पहल नगरेकोले अन्य परिवारभन्दा हाम्रो ठूलो परिवारले बढी समस्या भोग्नुपरेको छ ।’

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top