Nepal Times
Nepal Times
3
Shares

नेप्सेमा आज ३१.९७ अंकको गिरावट

नेप्सेमा आज ३१.९७ अंकको गिरावट

२५ मंसिर, काठमाडौं ।

साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो ।

यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ बराबरको ५२९ कित्ता सेयर कारोबार भएको छ ।

आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ९१० प्रतिशतले वृद्धि लागेको छ भने सुमिट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज पनि १० प्रतिशतले घट्न पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.