Nepal Times
Nepal Times
90
Shares

देशभर चिसो बढ्यो : तराईमा हुस्सु/कुहिरो

देशभर चिसो बढ्यो : तराईमा हुस्सु/कुहिरो

२६ मंसिर,काठमाण्डौ ।
तापक्रम घट्दै जाँदा देशभर चिसो क्रमशः बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंमा यस वर्ष आजसम्मकै कम हो ।

हिजो बिहान काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ४.३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । आज वीरेन्द्रनगरको न्यूनतम तापक्रम ४.६, ताप्लेजुङको न्यूनतम तापक्रम ८.५, दिपायलको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस छ ।

महाशाखाका अनुशार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै भोलि दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश १ र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाको पूर्वानुमान अनुशार बुधबार दिउँसो प्रदेश १, मधेश प्रदेश आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश १,मधेश प्रदेश र बागमती प्रदेशमा मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ ।

आज विहान पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम तथा मध्य तराईका चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र पूर्व तराईका सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापामा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.