साउदीमा ४ सय नेपालीलाई दिइयो बहिर्गमन भिसा

२५ पौष,एजेन्सी ।
साउदी अरेबियामा ४ सय नेपालीलाई बहिर्गमन भिसा दिइएको छ । वैदेशिक रोजगारको क्रममा लामो समयदेखि कार्यरत रहँदा सम्बन्धित कम्पनीले इकामा नवीकरण नगरेको, हुरुप लगाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीको लागि साउदी सरकारले बहिर्गमन भिसा जारी गरेको हो ।

नेपाली दूतावास रियादको सहयोगमा साउदी सरकारले एक महिना भित्रमा ४५६ जना नेपालीको बहिर्गमन भिसा जारी गरेको हो । जसबाट उनीहरू सहजैरूपमा स्वदेश फिर्ता हुने भएका छन् भने भिसा प्राप्त गरेकाले अब ७ दिन भित्र साउदी अरेबिया छोड्नु व्यवस्था छ ।

बहिर्गमन भिसा बारे बारेमा नेपाली दूतावास रियादले नेपाली कामदारको सुचना जारी गदै बहिर्गमन एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ भने बहिर्गमन भिसा पाएकाले स्वदेश फिर्ताको लागि हवाई टिकट स्वयंले व्यवस्था गर्नुपर्नेछ । बहिर्गमन भिसा लिन साउदी सरकारले विभिन्न मापदण्ड तोकेको छ ।

Advertisement

साउदी स्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसाको मापदण्ड यस्ता छनः
– इकामाको (आईडी) म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेका,
– साउदी अरेबिया आएको ३ महिना भन्दा बढि समयसम्म पनि इकामा नबनेका
– हुरूब लागेका कामदारको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गरिने
–इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न नमिल्ने
– कामदारको कुनै केस वा फाइन÷जरिवाना छ भने त्यो केस वा फाइन/जरिवाना क्लियर नभएसम्म एक्जिट भिसा नलाग्ने

एक्जिट भिसा दिने सम्पूर्ण अधिकार साउदीको अध्यागमन (जवाजत) अफिससँग रहेकाले दूतावासले एक्जिट भिसाको लागि प्रोसेस मात्रै गरिदिने जनाएको छ । साउदीमा कार्यरत रहँदा जुन ठाउँबाट आफ्नो इकामा बनेको हो त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन (जवाजत) कार्यालयबाट मात्रै एक्जिट भिसाको प्रोसेसिङ गर्नुपर्ने साउदी नियम छ ।

Advertisement

एक्जिट भिसा प्रोसेसिङका लागि नेपाली दूतावास रियादले सम्पर्क नंबर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्य दूतावास जेद्दाले ०५८ २८१ ७१८८ सार्वजनिक गरेका छन भने नेपाली दुतावासले साउदीमा कार्यरत नेपालीलाई राहदानी नवीकरण गर्न अस्थायी रुपमा राहदानी आवेदन संकलनका लागी साउदीको ताबुक, आभा, खमिस, दमाम , जुवेल, रियाद, जेद्दा, हाईल, शहरमा कार्यालय व्यवस्था गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top