×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

शिक्षक सेवा आयोगद्धारा प्रावि तहको नतिजा सार्वजनिक

२८ पुष २०७९

२८ पुस, काठमाडौं ।

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको नतिजा बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सार्वजनि गरेको नतिजा अनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीको लागि जम्मा ६५ जना मात्र उत्तीर्ण भएका छन् ।

Advertisement
Advertisement

८२ जना परीक्षामा सहभागी भए पनि माग अनुसार ८ रिक्त दरबन्दीमा शिक्षक उत्तीर्ण हुन नसकेको देखिन्छ । अछाम जिल्लामा पनि दुई रिक्त दरबन्दीमा उत्तीर्ण हुन सकेनन् । १३७ रिक्त दरबन्दीको लागि १९० जना शिक्षकले परीक्षा दिएपनि १३५ जना मात्रै उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी डोटी जिल्लाको १४८ रिक्त दरबन्दीको लागि १३४ जना मात्रै उत्तीर्ण भएकोले १४ दरबन्दी पुन रिक्त हुने भएको छ । परीक्षामा भने ३०९ जना सहभागी भएको आयोगले जनाएको छ । कञ्चनपुर जिल्लाको लागि भने ७६ रिक्त दरबन्दीको लागि ८० जना उत्तीर्ण भएका छन् । परीक्षामा २१८ जना सहभागी भएका थिए ।

उत्तीर्ण बाजुराका शिक्षकहरुको अन्र्तवार्ता माघ १८ गते, अछाम जिल्लाको माघ १९ गते, डोटीका शिक्षकहरुको माघ २० र २१ गते, कञ्चनपुर जिल्लाका शिक्षकहरुको माघ २१ र २२ गते शिक्षा विकास तथा समन्वय इकाइ कैलालीमा हुने भएको छ ।

Advertisement

आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत परीक्षामा सहभागी परीक्षार्थीहरुको नतिजा सार्वजनिक गरेको हो ।नतिजामा चित्त नबुझेको उम्मेदवारले माघ ४ गतेभित्र पुनर्योगको लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top