रोनाल्डो र मेसीको खेल नेपालबाट कसरी हेर्ने ?

५ माघ ७९, बिहीबार
Share this
776shares

५ माघ, एजेन्सी ।
विश्वस्टार खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ । यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ ।

Advertisement

मेसी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग खेल्दैछन् । यो खेल हेर्न दर्शकहरु लालाहित देखिएका छन् । साउदी अरबका एक व्यापारीले यो मैत्रीपूर्ण खेलका लागि नेपाली ३३ करोड रुपैयाँ भन्दा बढी खर्चेर टिकट खरिद गरेका छन् । आज हुने पिएसजी र साउदी अल स्टारबीचको मैत्रीपूर्ण खेलका लागि अक्सनमार्फत एक भीआइपी टिकट विक्रीमा राखिएको थियो ।

१० लाख साउदी रियाल (३ करोड नेपाली रुपैयाँ) बाट सुरु भएको बोलकबोल मंगलबार साँझ सकिएको थियो । अन्तिम बोली २६ लाख अमेरिकी डलर रहेको थियो । उक्त भीआइपी टिकट खरिद गर्नेले आफूले चाहेका खेलाडीसँग तस्विर खिच्न पाउने र खेलाडीको ड्रेसिङ रुम समेत प्रवेश गर्न पाइनेछ ।

Advertisement

यस अक्सनमार्फत आएको रकम एहसान नामक राष्ट्रिय च्यारिटीमा योगदान दिइने बताइएको छ । विहीबार नेपाली समय अनुसार रातको १०ः४५ बजे सुरु हुने खेलमा पिएसजीका स्टार खेलाडी सबै मैदान उत्रने योजना छ । त्यस्तै साउदीको टोलीको कप्तानी क्रिस्टियानो रोनाल्डोले गर्दैछन् ।

रोनाल्डोले अल नासरबाट डेब्यु गर्न बाँकी रहेपनि साउदी टोलीबाट खेल्ने भएका हुन् । उत्कृष्ट टोलीले भरिपूर्ण दुवै टोली आज हुने मैत्रीपूर्ण खेल जित्ने दाउमा हुनेछन्। साउदी लिगका दुई महारथी अल–नासर र अल–हिलालको संयुक्त ११ को कप्तानको जिम्मेवारी पोर्चुगिज कप्तानले निभाउने छन्।

Advertisement

रोनाल्डोसँग दुई क्लबका उत्कृष्ट खेलाडीको मिश्रण हुनेछ। अर्कोतर्फ, पीएसजी लिग १ को अंक तालिकाको शीर्ष स्थानमा रहेको टोली हो। उनीहरुसँग मेसी मात्र नभएर नेयमार जुनियर, किलियन एम्बाप्पे, सर्जियो रामोस जस्ता उत्कृष्ट खेलाडी हुनेछन्।

आफ्नो अन्तिम खेलमा रेन्नेससँग १–० ले पराजित भएको पेरिस क्लब साउदी अल–स्टारलाई पराजित गर्दै जितको बाटोमा फर्किन चाहन्छ। नेपाली समय अनुसार यो खेल आज राति १०ः४५ बाट सुरु हुने यो खेल टिभीमा कुनै च्यानलमा प्रसारण हुने छैन। तर यी दुई बीचको खेल फ्रेन्च क्लब पीएसजीको फेसबुक पेज तथा युट्युब च्यानलबाट भने प्रत्यक्ष रूपमा हेर्न पाइनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top