सिरिन्ज प्रयोगमा लापबाहीका कारण एकको मृत्यु २५ गम्भीर

मध्यप्रदेश, भदौ १२
सरिन्जको प्रयोगमा लापरबाही गरेका कारण भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लामा एक जनाको मृत्यु भएको छ भने २५ जना अन्य बिरामी गम्भीर बनेका छन् ।

Advertisement

सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरबाहीका कारण उक्त घटना हुन पुगेको एएनआईसँग कुरा गर्दै अस्पतालका चिकित्सक तथा सिभिल सर्जन पिके शर्माले बताए ।शर्माले भने, “सबै बिरामीलाई एउटै सिरिन्जमार्फत औषधी दिइएको भन्ने आएको छ । यो नर्सबाट भएको लापरबाही हो । उनीहरूले सिरिन्ज सफा गर्न पनि ‘डिस्टिल वाटर’को सट्टामा सामान्य पानीको प्रयोग गरेको भन्ने पनि भनाई छ ।”

प्रहरीले यस बिषयमा छानविनका लागि समिति गठन गरी अनुसन्धान थालेको छ । हामीले अस्पतालमा प्रयोग हुने गलत सिरिन्जको प्रयोग भएको भन्ने गुनासो पाएका छौँ । यस सन्दर्भमा स्वास्थ्य समितिको प्रतिवेदन पर्खिएको छ । छानविन शुरु गरिएको छ ।
रासस/एएनआई

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top