×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

विचल्ली बनाउन हुन्न भन्ने हर्कले डोजर चलाएपछि

८ माघ २०७९

८ माघ,विराटनगर ।
स्थानीय तहको निर्वाचनपछि आएका नयाँ जनप्रतिनिधिबीच सबैभन्दा पहिला काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलले नगरका अवैध संरचनामाथि सुरु गरेको डोजर अभियान अहिले देशका धेरै स्थानीय तहमा निरन्तरता पाएको छ । स्वतन्त्र मेयर बालेनबाट सुरु भएको यो अभियान अहिले धरानमा पुगेको छ ।

व्यवस्थापन नगरी डोजर चलाउन नहुने भन्दै बालेनको डोजर अभियानको विरोधमा उत्रिएका धरान उपमहानगरका स्वतन्त्र मेयर हर्क साम्पाङ राईले अहिले आफै धरानमा डोजर अभियान सुरु गरेपछि यसको जनस्तरबाट विरोध सुरु भएको छ । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले डोजर चलाएको छ।

Advertisement
Advertisement

आइतबार धरान–५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो। डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाबीच झडप हुँदा डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ। स्थानीयको ढुंगामुढाले डोजरको शिशा फुटेको छ ।

घर भत्काउने डोजर आउदैछ भन्ने खबर पाएका स्थानीय बिहानैदेखि उक्त घर वरीपरी भेला भएर बसेका थिए । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बुसमेत उक्त घर भत्काउन नहुने भन्दै प्रतिवाद गर्न आएका थिए । पहिलादेखि नै चर्चेको जग्गामा घर बनाएको भन्दै उनले मेयर हर्क साम्पाङ फिल्डमा आएर स्थानीयसँग छलफल गर्नुपर्ने माग गरेका थिए ।

साथै, उनले पहिला खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग गरेका थिए । धरान–५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरेको भन्दै मुना चौधरी लिम्बूले बनाएको घर भत्काइएको हो । खारखोला र अधेरी खोलाको संगम स्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो।

उक्त क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको हो। उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ।

पहिलादेखि नै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानीयले भने खोलाको भाग सीमांकन गर्नुपर्ने माग राखेका थिए। यसअघि पनि बन्दै गरेको अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगेका थियो।

Advertisement

तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो। उपमहानगरको टोली घर भत्काउन आएपछि अन्तरिम आदेश माग गर्दै घरधनी मुना चौधरी लिम्बू सुनसरी जिल्ला अदालत पुगेकी थिइन्। अदालतले निवेदकले माग गरेअनुरुप अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिएपछि उपमहानगर फेरि तातेको हो।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top