पप्पुको लापरबाहीले पुल भासिएको ठहर

ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ । यो समाचार आजको कान्तिपुरमा छापिएको छ ।

Advertisement

समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो । कन्स्ट्रक्सनले पुल निर्माणका मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेका महाशाखाले जनाएको छ ।

Advertisement

‘निर्माण कम्पनीको गम्भीर लापरबाही देखियो’, उनले भने, ‘यो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको छ।’ यस्तै पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबबकैया नदीमा तोकिएको समयमै पुल नबनाएका कारण चारजनाको ज्यान गएको भन्दै प्रतिनिधिसभा सदस्य सत्यनारायण भगतले मंगलबार कारबाहीको माग राखेर गृह मन्त्रालयमा किटानी जाहेरी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top