×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

मंसिर ४ को चुनावमा कुन दलले कति खर्च गरे ? नेकपा एसको खर्च सबैभन्दा बढी

१० माघ २०७९

१० माघ, काठमाण्डौ ।
गएको मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर राष्ट्रिय दलबन्नबाट बन्चित हुदै समानुपातिक सिट समेत गुमाएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा भने सबैभन्दा बढी खर्च गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुशार प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएका छन् । स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाहीको दायरामा ल्याएपछि राजनीतिक दलले समयसीमाभित्रै खर्च विवरण बुझाएका हुन् ।

Advertisement
Advertisement

आयोगमा बुझाइएको विवरणअनुसार नेकपा एकीकृत समाजवादीले सबैभन्दा बढी समानुपातिकतर्फको निर्वाचन प्रचार प्रसारमा एक करोड ९० लाख ८९ हजार पाँच सय रुपैयाँ खर्च गरेको छ । समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पूरा गर्न सो दललाई करिब पाँच हजार मत अपुग भएको थियो ।

सो दलले समानुपातिकतर्फको ११० सिटमध्ये १०४ सिटमा उम्मेदवारी दिएको थियो । जसबमोजिम एकीकृत समाजवादीले समानुपातिकतर्फ दुई करोड आठ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । समानुपातिक निर्वाचन प्रणालीमा ५५ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

जसमध्ये आठवटा दलले बन्दसूची पेस गरेनन् । बन्दसूची पेस नगर्ने र उम्मेदवारै नहुने दलले खर्च विवरण बुझाउन नपर्ने व्यवस्था छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो सबैभन्दा बढी खर्च गरेको छ । सो दलले १०६ सिटमा उम्मेदवारी दिएकोमा एक करोड ८९ लाख खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ रुपियाँ खर्च भएको विवरण बुझाएको हो । नेकपा एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ रुपियाँ ४५ पैसा खर्च गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ सिट जितेर सबैभन्दा कम खर्च गरेको दल जनमत पार्टी हो । सो दलले बुझाएको विवरणबमोजिम उसले समानुपातिकतर्फ तीन लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपियाँ र जनता समाजवादी पार्टी, नेपालले ३५ लाख रुपियाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top