×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

युद्धको वार्षिक उत्सव रुसले कसरी मनाउँला ?

१९ माघ २०७९

१९ माघ, एजेन्सी ।
रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पुग्दै गर्दा यही फेब्रुअरी २४ मा रुसले ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् ।

अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गएको वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताएका छन् । युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध केन्द्रित रहे पनि दक्षिणी सहर खेअरसनलाई युक्रेनले पुनः आफ्नो पकडमा लिएपछि पछिल्ला महिना युद्धको गति केही सुस्त बनेको छ ।

Advertisement
Advertisement

अमेरिकाको युद्ध अध्ययन संस्था आईएसडब्ल्यूले हालै मात्रै मस्कोले निर्णायक कदम चाल्न र पूर्वमा ठूलो आक्रमण गर्न सक्ने बताएको थियो । रेज्निकोफले प्रत्याक्रमणको लागि तयारी गर्ने समेत बताएका छन् । युक्रेनी गुप्तचरहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई आउँदो वसन्तयामको अन्त्यअघि डोनबास कब्जा गर्न निर्देशन दिएको दाबी गरेसँगै रेज्निकोफले पछिल्लो टिप्पणी गरेका हुन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गएरातिको सम्बोधनमा द्वन्द्वको स्थितिले आफ्नो सेनाको परीक्षण गरिरहेको बताएका छन् । यता भौतिकरुपमा युक्रेनमाथि आक्रमण गरेपनि प्रतिबन्ध, मोर्चाबन्दी, दबाव, चेतावनी र वाकयुद्धसहित रुस अमेरिका र उसको नेतृत्वको नेटो मुलुकसंग जुधिरहेको छ । खासगरि अमेरिकाको यतिबेला रुससंगै चीनसंगको टकराव चुलिएको छ ।

यसैबीच अमेरिकाको सबैभन्दा ठूला दुई प्रतिद्वन्दी, रुस र चीनसंग नै दक्षिण अफ्रिकाले संयुक्त सैन्य अभ्यासमा भाग लिने भएको छ । जलसैनिकहरूले गर्ने यो अभ्यास रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा हुन लागेको हो । यसले अमेरिका चिढिएको छ । अमेरिकाले संयुक्त सैन्य अभ्यासको आलोचना गरेको छ ।

जलसेनाहरूको १० दिने संयुक्त अभ्यास फेब्रुअरी १७ तारिखदेखि दक्षिण अफ्रिकाको तट नजिकै हिन्द महासागरमा हुनेछ । दक्षिण अफ्रिकाको राष्ट्रिय डिफेन्स फोर्स (एसएएनडीएफ) ले उसको सशस्त्र बलका ३ सय ५० सदस्यहरू यो अभ्यासमा सहभागी हुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement

रुसले जर्कन हाइपरसोनिक क्षेप्यास्त्रहरू बोक्ने एड्मिरल गोर्शकोभ नामक युद्धपोत पठाउने घोषणा गरेको छ । ती क्षेप्यास्त्रको वेग ध्वनिको भन्दा नौगुना बढी छ र तिनको मार हान्न सक्ने क्षमता एक हजार किलोमिटर परसम्म छ । सन् २०१९ मा तीनवटा देशले संयुक्त सैन्य अभ्यास गर्दा सातवटा जहाजहरू संलग्न थिए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top