NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विमला र समीक्षाले एपिएफबाट खेल्ने बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट बुधबार साउन २१ , २०८२
उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा बुधबार साउन २१ , २०८२
आज कुन कुन नदीमा वहाव बढ्न सक्छ ? बुधबार साउन २१ , २०८२
Next
Prev

समाचार

१३ वर्षदेखि फरार नागरिक उन्मुक्तिका सांसद प्रहरीको सिकन्जामा

बिहिबार माघ १९ , २०७९
Reading Time: 1 min read
A A
१३ वर्षदेखि फरार नागरिक उन्मुक्तिका सांसद प्रहरीको सिकन्जामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ माघ, काठमाण्डौ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् ।

बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाने भएको छ । कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश बिष्णु सुवेदीको इजलासले उनलाई ’आगो लगायो’ मुद्दामा दोषी ठहर गरेको थियो । कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरीसहितका विरुद्ध किटानी जाहेरी दिएका थिए ।

LS Auto

यही मुद्दामा पर्शुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको थियो । सांसद चौधरी ६ महिना कैद सजाय सुनाइएका फरार व्यक्ति हुन्। नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका उनी मात्र हैन उनको दाइ पर्शुराम चौधरी पनि फरार व्यक्ति हुन्। उनीमाथि अर्काको ट्याक्टर आगजनीको अभियोग लागेको थियो।

अरुणकुमार, पर्शुराम अनि वीरबहादुर चौधरीले महादेव बजगाईँको ट्याक्टर जलाएकोमा ६ महिना कैद र ८ लाख १९ हजार दामासाहीले असुल्ने फैसला भएको थियो । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी ठेगाना कैलाली लम्की चुहा नगरपालिका गिधिनिया उल्लेख छ।

पर्शुराम र अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए। उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर बलिया–८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए।

सरकारी रेकर्डमा उनी २०६६ सालमा जाहेरी दर्ता भएदेखि नै नै फरार छन्। अभियोग पत्र दर्ता भएपछि पनि उनी अदालतमा हाजिर भएनन्। कैद सजाय र जरिवाना तोकिदा समेत उनको खोजी भएन। तर व्यवहारमा भने उनी खुल्लमखुल्ला ९ वर्ष अगाडि २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले २०६९ भदौ ३ गते साँझ ६ ः ४५ बजे चिसापानीबाट लम्कीतर्फ आएको लु. २ त. २११ नम्बरको ट्याक्टरलाई अरुणसहितले रोकी चालकलाई कुटपिट गरेर ट्याक्टरमा पेट्रोल छर्केर आगो लगाएको देखिएको ठहर ग¥यो।

सो घटनामा ८ लाख ७५ हजार बराबरको बिगो नष्ट भएको अदालतको ठहर छ। अहिले नागरिक उन्मुक्तिका नेता तथा पूर्व सांसद रेशम चौधरी पनि जेल सजाय काटिरहेका छन् । नागरिक उन्मुक्तिले रेशम लगायत कैलाली घटनाका क्रममा लगाइएका मुद्धा फिर्ता लिइ रेशम लगाएको रिहाइ आफ्नो राजनीतिक एजेण्डा बनाएको छ ।

त्यही एजेण्डा पूरा नभएसम्म सरकारमा सामेल नहुने निर्णय गरेको नागरिक उन्मुक्तिका अर्का सांसद पनि पक्राउ परेपछि सो पार्टीको ७ दलीय गठबन्धन र सरकारसँगको दूरी थप बढ्ने देखिन्छ ।

 

Tags: #फरार सांसदनागरिक उन्मुक्तिका सांसद

लोकप्रीय

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

विचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२

थप समाचार

विमला र समीक्षाले एपिएफबाट खेल्ने
खेलकुद

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट
खेलकुद

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 
ताजा समाचार

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा
खेलकुद

एनपिएल मिनी अक्सनः आदिल–शरद ए क्याटोगोरीमा

बुधबार साउन २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

World News: Americaमा फेरि विमान खस्यो, Ukrianeलाई प्याट्रियटसहितको हति*यार || Nepal Times

00:17:47

World News: Ukraine यु*द्धमा चीन–पाकका भाडाका सैनिक, अमेरिकाको विरोधमा भारत || Nepal Times

00:14:08

World News: Ukraineमा सैन्य ड्रोन भ्रष्टाचार, Russia नजिक तेल डिपोमा भी*ष*ण आगलागी || Nepal Times

00:15:11

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

मङ्लबार साउन २० , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईविरुद्ध सर्वाेच्च जाँदै सरकार ,थुन्नै पर्ने माग

मङ्लबार साउन २० , २०८२

हालका पोस्टहरू

विमला र समीक्षाले एपिएफबाट खेल्ने

विमला र समीक्षाले एपिएफबाट खेल्ने

बुधबार साउन २१ , २०८२
यू–२० महिला एशियन कप छनोट

यू–२० महिला एशियन कप छनोट

बुधबार साउन २१ , २०८२
भारतको उत्तराखण्डमा बादल फाट्दा प्रलयः दर्जनौं घर र होटल बगायो 

उत्तराखण्डमा ५० घर बगे, घरसँगै ५० भन्दा अझै बेपत्ता

बुधबार साउन २१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.