१३ वर्षदेखि फरार नागरिक उन्मुक्तिका सांसद प्रहरीको सिकन्जामा

१८ माघ ७९, बिहीबार

१९ माघ, काठमाण्डौ ।
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् ।

बाँकेबाट पक्राउ परेका उनलाई प्रहरीले कैलाली लैजाने भएको छ । कैलाली जिल्ला अदालतले १० वर्षअघि आगजनी गरेको कसूरमा उनीमाथि ६ महिना कैद र ८ लाख जरिवाना गर्ने फैसला गरेको थियो । उक्त फैसला कार्यान्वयन भएको थिएन । यो बीचमा उनी सांसद बनेर आएपछि उनको फैसला कार्यान्वयन नभएको कुरा बाहिर आएको थियो ।

कैलाली जिल्ला अदालतका तत्कालिन न्यायाधीश बिष्णु सुवेदीको इजलासले उनलाई ’आगो लगायो’ मुद्दामा दोषी ठहर गरेको थियो । कैलालीको तत्कालिन बलिया गाबिसका महादेव बजगाईले आफ्नो ट्रयाक्टरमा आगजनी गरेको भन्दै चौधरीसहितका विरुद्ध किटानी जाहेरी दिएका थिए ।

Advertisement

यही मुद्दामा पर्शुराम चौधरी र बीरबहादुर चौधरीलाई पनि अदालतले दोषी ठहर गर्दै कैद सजाय र जरिवाना गरेको थियो । सांसद चौधरी ६ महिना कैद सजाय सुनाइएका फरार व्यक्ति हुन्। नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका उनी मात्र हैन उनको दाइ पर्शुराम चौधरी पनि फरार व्यक्ति हुन्। उनीमाथि अर्काको ट्याक्टर आगजनीको अभियोग लागेको थियो।

अरुणकुमार, पर्शुराम अनि वीरबहादुर चौधरीले महादेव बजगाईँको ट्याक्टर जलाएकोमा ६ महिना कैद र ८ लाख १९ हजार दामासाहीले असुल्ने फैसला भएको थियो । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनको स्थायी ठेगाना कैलाली लम्की चुहा नगरपालिका गिधिनिया उल्लेख छ।

Advertisement

पर्शुराम र अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए। उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर बलिया–८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए।

सरकारी रेकर्डमा उनी २०६६ सालमा जाहेरी दर्ता भएदेखि नै नै फरार छन्। अभियोग पत्र दर्ता भएपछि पनि उनी अदालतमा हाजिर भएनन्। कैद सजाय र जरिवाना तोकिदा समेत उनको खोजी भएन। तर व्यवहारमा भने उनी खुल्लमखुल्ला ९ वर्ष अगाडि २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले २०६९ भदौ ३ गते साँझ ६ ः ४५ बजे चिसापानीबाट लम्कीतर्फ आएको लु. २ त. २११ नम्बरको ट्याक्टरलाई अरुणसहितले रोकी चालकलाई कुटपिट गरेर ट्याक्टरमा पेट्रोल छर्केर आगो लगाएको देखिएको ठहर ग¥यो।

सो घटनामा ८ लाख ७५ हजार बराबरको बिगो नष्ट भएको अदालतको ठहर छ। अहिले नागरिक उन्मुक्तिका नेता तथा पूर्व सांसद रेशम चौधरी पनि जेल सजाय काटिरहेका छन् । नागरिक उन्मुक्तिले रेशम लगायत कैलाली घटनाका क्रममा लगाइएका मुद्धा फिर्ता लिइ रेशम लगाएको रिहाइ आफ्नो राजनीतिक एजेण्डा बनाएको छ ।

त्यही एजेण्डा पूरा नभएसम्म सरकारमा सामेल नहुने निर्णय गरेको नागरिक उन्मुक्तिका अर्का सांसद पनि पक्राउ परेपछि सो पार्टीको ७ दलीय गठबन्धन र सरकारसँगको दूरी थप बढ्ने देखिन्छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top