अमेरिकापछि कोलम्बियामा पनि भेटियो जासुसी बेलुन

२३ माघ,एजेन्सी ।
अमेरिकी नेतृत्वलाई नै थर्कमान बनाएको चिनियाँ जासुसी बेलुन कोलम्बियामा पनि भेटिएको छ । अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुनको कोलाहल यथावत रहदा कोलम्बियाको आकाशमा पनि बेलुन देखिएको छ । कोलम्बियाली वायुसेनाले उक्त बेलुन अमेरिकी आकाशमा देखेको बेलुन जस्तै भएको दाबी गरेको छ ।

Advertisement

कोलम्बियाले वायुसेनाले बेलुनलाई हवाई क्षेत्र नछोडेसम्म ट्र्याक गरेको बताएको छ। यस क्रममा यो बेलुनबाट यसको वायु रक्षा क्षेत्र वा उड्डयन सेवालाई कुनै खतरा नरहेको बताएको छ । यस्तै एउटा चिनियाँ बेलुन अमेरिकामा पनि देखिएको थियो, जसलाई अमेरिकी राष्ट्रपति जो बाइडेनको आदेशमा शनिबार खसालिएको थियो।

त्यसयता अमेरिका र चीनबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ । कोलम्बियाली वायुसेनाले ५५ हजार फिटको उचाइमा एउटा वस्तु देखेको बताएको छ । यो २५ नटको औसत गतिमा चलिरहेको थियो। वायुसेनाले वस्तुको अनुसन्धान गर्न अन्य देश र संस्थाहरूसँग समन्वय गरी अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

कोलम्बिया दक्षिण अमेरिका महादेशको उत्तरपश्चिममा अवस्थित एउटा देश हो। अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले भनेका छन् कि अमेरिकी वायुसेनाले चिनियाँ बेलुनहरू अध्ययन गरेर बहुमूल्य बुद्धिमत्ता सङ्कलन गर्न सक्षम भएको छ। यस क्रममा उनले डोनाल्ड ट्रम्पको शासनकालमा पनि तीनवटा चिनियाँ बेलुन अमेरिकाको वायु रक्षा क्षेत्र माथिबाट गएको आरोप लगाएका छन् ।

तर, पूर्व राष्ट्रपति ट्रम्पले लोयड अस्टिनको यो दाबीलाई अस्वीकार गरेका छन् । यसअघि अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको थियो । एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको थियो ।

Advertisement

मन्त्रालयले बेलुनको सीमित स्टेयरिङ क्षमताहरू भएको र हावाको कारणले आफ्नो योजनाबद्ध मार्गबाट टाढा गएको बताएको थियो । अमेरिकी वायु क्षेत्रमा बेलुनको अनपेक्षित प्रवेशप्रति चीनले दुःख प्रकट गरेको थियो । तर अमेरिकाले बेलुन खसालेपछि चीनले ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ ।

कोलम्बियामा देखिएको बेलुनका विषयमा चीनले कुनै प्रतिक्रिया दिएको छैन् । कोलम्बियामा पनि बेलुन देखिएपछि अन्य देशमा पनि चिनियाँ बेलुन पुगेको हुन् सक्ने भन्दै अनुशन्धान सुरु भएको रोर्यटसले उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top