अर्थतन्त्रमा सुधार,डलरले १० महिनाभन्दा बढी धान्ने

२३ माघ, काठमाण्डौ ।
विदेशी मुद्रा संचिति बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार पुस मसान्तसम्मको आर्थिक विवरण सार्वजनिक गर्दै सो बारे जानकारी दिएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भइ २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको हो ।

Advertisement

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा ८ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा ३.४ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ । आर्थिक वर्ष २०७९÷८० को छ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.४ महिनाको वस्तु आयात र ९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Advertisement

यस्तै गत वर्षको तुलनामा बिदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्स पनि २४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले रेमिटेन्स ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ भित्रिएको जनाएको छ । जबकी पोहोर रेमिटेन्स बृद्धि दर ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि रेमिटेन्स १३.९ प्रतिशतले घटेको छ । पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ ।

पोहोर बर्षभरी नै ऋणात्मक रहेको शोधनान्तर पुस मसान्तसम्म आइपुग्दा करिव एक खर्बले बचतमा पुगेको छ । राष्ट्र बैंकका अनुसार शोधनान्तर बचत ९७ खर्ब १० करोड रुपैयाँ पुगेको छ । चालु खाता घाटा भने यथावत छ । यद्यपी पोहोरभन्दा घाटा कम हो । यसपाली २९ अर्ब ४७ करोड रुपैयाँ चालु खाता घाटामा छ । पोहोर ३५३ अर्ब १६ करोड घाटामा थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top