टर्कीमा ३ दिन अघि गरिएको थियो भूकम्पको भविष्यवाणी

२४ माघ, एजेन्सी ।
सोमबार विहान टर्कीमा गएको शक्तिशाली भूकम्पले भवन भत्काउँदा भग्नावेषमा पुरिएका चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु मृत्युको मुखबाट फर्किएका छन् । उनी भग्नावषेशले पुरिएको अवस्थामा जीवितै फेला परेका हुन् । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।

बेलायती अनलाइन डेलीमेलका अनुसार इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका थिए । आत्सु पछिल्लो समय टर्किस सुपर लिग क्लब हातायोस्पोरबाट खेलिरहेका थिए ।

३१ वर्षीय उनी यसअघि सन् २०१३ मा इङ्लिस क्लब चेल्सीमा पनि आवद्ध भएका थिए । तर उनले चेल्सीबाट खेल्न पाएनन् । उनलाई क्लबले ऋणमा इङ्लिस क्लबहरु एभर्टन र न्युक्यासलमा पठाएको थियो । उनी भवनमा पुरिएपछि पूर्वक्लब न्युक्यासलले राम्रो समाचारका लागि प्रार्थना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

Advertisement

उनले न्युक्सासलमा रहँदा १०७ खेल खेल्दै ८ गोल गरेका थिए । यसैबीच टर्की भूकम्पको भविष्यवाणीलाई लिएर बहस सुरु भएको छ । ट्वीटरमा धेरै प्रयोगकर्ताहरूले यो भूकम्प तीन दिन अघि नै भविष्यवाणी गरिएको बताएका छन्।

एक भिडियोका अनुसार, भूकम्पीय गतिविधिको अध्ययन गर्ने सौर्य प्रणाली ज्यामिति सर्वेक्षणका अनुसन्धानकर्ता फ्रान्क हुगरबिट्सले भविष्यवाणी गरेका छन् कि दक्षिण–मध्य टर्की, जोर्डन, सिरिया र लेबनान वरपरका क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प छिट्टै आउनेछ। फ्रान्कले फेब्रुअरी ३ मा एक ट्वीटमा लेखेका थिए, “आज होइन भोलि, दक्षिण मध्य टर्की, जोर्डन, सिरिया र लेबनानमा ७.५ म्याग्निच्युडको भूकम्प आउनेछ।“

Advertisement

उनको भविष्यवाणीको बारेमा उनको शंका थियो, तर एक तरिकामा, उनी सही साबित भएका छन्। फ्रान्क भन्छन् कि उसले भूकम्पीय गतिविधि र ग्रहहरूको ज्यामिति मार्फत भविष्यवाणी गर्दछ। यद्यपि ट्विटरमा धेरैले उनलाई छद्म वैज्ञानिक भनेका छन्।

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘यो व्यक्तिले ग्रहहरूको गतिमा भूकम्पको भविष्यवाणी गरिरहेको छ । यसका धेरै भविष्यवाणी गलत साबित भएका छन् । यो एक मात्र सही साबित भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top