×

NEPAL TIMES UPDATES

Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026

माधवले भने राष्ट्रपति ४ बजे, प्रचण्डले भने १३ गते

११ फाल्गुन २०७९

११ फागुन, काठमाण्डौ ।
नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दिन दिने नजिकिदै गर्दा दलका नेताहरु घनिभूत छलफलमा जुटेका छन् । राष्ट्रपतिको उम्मेदवार तय गर्न केही साता अघि देखि सक्रिय बनेका एमाले अध्यक्ष केपी शर्मा ओली फुर्सदिला भएका छन् भने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सक्रियता बढेको छ ।

बुधबार र बिहीबार विहानसम्म तीन दलका शीर्ष नेताबीच पटक पटक छलफल भएको छ । यही छलफलका क्रममा अहिलेको ७ दलीय गठबन्धन भत्काउने र ५ दलीय पुस १० कै गठबन्धन ब्युत्याउने अनौपचारिक सहमतिमा दलहरु पुगिसकेको नेताहरुले दावी गरेका छन् ।

यस्तो बेला पछिल्लो समय राष्ट्रपतिका लागि अधिक चर्चामा रहेका नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल पश्चात् नेता नेपालले राष्ट्रपतिको आकांक्षी धेरै भएकाले कुनै एकको नाम लिन समस्या हुने बताएका छन् ।

नेता नेपालले उमेदवारको टुंगो लगाउन साँझ ४ बजे बैठक बस्न लागिएको जानकारी पनि दिएका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यलयबाट निस्कने क्रममा राष्ट्रपतिको उमेदवार को बन्छ भन्ने जिज्ञासामा उनले आकांक्षी धेरै भएको जवाफ दिएका हुन् ।

“ आकांक्षा राख्नेहरू धेरै छन् त्यसकारण हामी सहमतिमा पुग्न सकेका छैनौं तर, सहमतिको प्रयास भने भइरहेको छ,” उनले भने,“साँझ ४ बजे बैठक बस्दैछौं । त्यसपछि टुंगो हुन्छ ।” यस्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राष्ट्रपति पदमा यही फागुन १३ गतेसम्म सहमति हुने बताएका छन् ।

माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । “१३ गतेसम्म सहमति भइहाल्छ, पख्नुस् न,” उनले बैठकपछि भनेका छन् । फागुन १३ गते राष्ट्रपतिको उमेदवारी मनोनयन हुँदैछ । त्यसअघि नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् ।

यसअघि बुधबार साँझ प्रधानमन्त्री दाहालको सरकारी निवासमा कांग्रेस, नेकपा(एस) र माओवादीका शिर्ष नेताहरूको बैठकले पुरानै पाँच दलिय गठबन्धन ब्यूताउँने निर्णय भएको भनिएको छ तर प्रधानमन्त्री प्रचण्डले भने आजको माधव कुमार नेपालसँगको बैठकपछि सत्ता गठबन्धन टुटिनसकेको बताएका छन् ।

उनले नयाँ गठबन्धनका लागि सहमति भइनसकेको बताएका छन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।

कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन ब्युँताउन गृहकार्य सुरू भएको चर्चाका बीच ओलीले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका हुन् । पुस १० गते ७ दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नयाँ गठबन्धन बनेको थियो । सोही दिन एमालेले राष्ट्रपति र सभामुख पाउने समझदारी बनेको एमालेले दाबी गर्दै आएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top