NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक बिहिबार असार १९ , २०८२
कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण? बिहिबार असार १९ , २०८२
दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै बिहिबार असार १९ , २०८२
५२ पदाधिकारीको नियुक्ति सदर भएपछि के भन्छ एमाले ? बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

माधवले भने राष्ट्रपति ४ बजे, प्रचण्डले भने १३ गते

बिहिबार फाल्गुन ११ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
माधवले भने राष्ट्रपति ४ बजे, प्रचण्डले भने १३ गते
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

११ फागुन, काठमाण्डौ ।
नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दिन दिने नजिकिदै गर्दा दलका नेताहरु घनिभूत छलफलमा जुटेका छन् । राष्ट्रपतिको उम्मेदवार तय गर्न केही साता अघि देखि सक्रिय बनेका एमाले अध्यक्ष केपी शर्मा ओली फुर्सदिला भएका छन् भने प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको सक्रियता बढेको छ ।

बुधबार र बिहीबार विहानसम्म तीन दलका शीर्ष नेताबीच पटक पटक छलफल भएको छ । यही छलफलका क्रममा अहिलेको ७ दलीय गठबन्धन भत्काउने र ५ दलीय पुस १० कै गठबन्धन ब्युत्याउने अनौपचारिक सहमतिमा दलहरु पुगिसकेको नेताहरुले दावी गरेका छन् ।

यस्तो बेला पछिल्लो समय राष्ट्रपतिका लागि अधिक चर्चामा रहेका नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालसँगको छलफल पश्चात् नेता नेपालले राष्ट्रपतिको आकांक्षी धेरै भएकाले कुनै एकको नाम लिन समस्या हुने बताएका छन् ।

नेता नेपालले उमेदवारको टुंगो लगाउन साँझ ४ बजे बैठक बस्न लागिएको जानकारी पनि दिएका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यलयबाट निस्कने क्रममा राष्ट्रपतिको उमेदवार को बन्छ भन्ने जिज्ञासामा उनले आकांक्षी धेरै भएको जवाफ दिएका हुन् ।

“ आकांक्षा राख्नेहरू धेरै छन् त्यसकारण हामी सहमतिमा पुग्न सकेका छैनौं तर, सहमतिको प्रयास भने भइरहेको छ,” उनले भने,“साँझ ४ बजे बैठक बस्दैछौं । त्यसपछि टुंगो हुन्छ ।” यस्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राष्ट्रपति पदमा यही फागुन १३ गतेसम्म सहमति हुने बताएका छन् ।

माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् । “१३ गतेसम्म सहमति भइहाल्छ, पख्नुस् न,” उनले बैठकपछि भनेका छन् । फागुन १३ गते राष्ट्रपतिको उमेदवारी मनोनयन हुँदैछ । त्यसअघि नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् ।

यसअघि बुधबार साँझ प्रधानमन्त्री दाहालको सरकारी निवासमा कांग्रेस, नेकपा(एस) र माओवादीका शिर्ष नेताहरूको बैठकले पुरानै पाँच दलिय गठबन्धन ब्यूताउँने निर्णय भएको भनिएको छ तर प्रधानमन्त्री प्रचण्डले भने आजको माधव कुमार नेपालसँगको बैठकपछि सत्ता गठबन्धन टुटिनसकेको बताएका छन् ।

उनले नयाँ गठबन्धनका लागि सहमति भइनसकेको बताएका छन् । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पुस १० गते भएको सहमति कार्यान्वयन हुने दाबी गरेका छन् ।

कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन ब्युँताउन गृहकार्य सुरू भएको चर्चाका बीच ओलीले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका हुन् । पुस १० गते ७ दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नयाँ गठबन्धन बनेको थियो । सोही दिन एमालेले राष्ट्रपति र सभामुख पाउने समझदारी बनेको एमालेले दाबी गर्दै आएको छ ।

Tags: #गोप्य बैठक#प्रचण्ड र माधव

लोकप्रीय

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो
अन्तर्राष्ट्रिय

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक
खेलकुद

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने
ताजा समाचार

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२
दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै
ताजा समाचार

दिलभुषण पाठक अदालतमा उपस्थित, थुनछेक बहस हुँदै

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

ट्रम्पले सिध्याइदिने धम्की दिएका मस्क नै धनाढ्य सूचीमा पहिलो

बिहिबार असार १९ , २०८२
मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

मलेसियामा नेपालको दबदबा, एसीसी यू–१६ इष्ट जोनको उपाधि नजिक

बिहिबार असार १९ , २०८२
फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.