‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेन लण्डन जाँदै

१० फागुन ७९, बिहीबार

११ फागुन, काठमाडौं ।

Advertisement

‘हेल्दी सिटी समिट’मा सहभागी हुनका लागि काठमाडौैं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह लण्डन जाने भएका छन् । मेयर साहको लण्डन भ्रमणबारे बिहीबारको कार्यपालिका बैठकमा प्रस्ताव पेश भएको महानगरपालिकाले जनाएको छ ।

महानगरकाअनुसार ३० फागुनदेखि ३ चैतसम्म लण्डनमा उक्त समिट आयोजना हुँदैछ । लण्डन भ्रमण मेयरमा निर्वाचित भएपछि साहको पहिलो सरकारी वैदेशिक भ्रमण हुनेछ । मेयर साहको वैदेशिक भ्रमणको अनुमति मन्त्रिपरिषद्‍ बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top