आज सेयर बजारमा लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट

१० फागुन ७९, बिहीबार

११ फागुन , काठमाडौं ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूको बोनस वितरणको सीमा घटाएसँगै लघुवित्तको सेयरमूल्य घटेको छ। राष्ट्र बैंकले बुधबार लघुवित्त संस्थाहरूको सुशासन र ऋणमा देखिएको समस्या समाधान गर्न एकीकृत निर्देशिका संशोधन गर्‍यो।

संशोधित व्यवस्थाअनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्नेछ।

लाभांश लिन योग्य रकम १५ प्रतिशतभन्दा माथि भएमा त्यस्तो रकमको ५० प्रतिशत जगेडा कोषमा जम्मा गरेर बाँकी ५० प्रतिशतको मात्रै लाभांश वितरण गर्नुपर्ने भएको हो।यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।

बिहीबार लघुवित्तको सेयरमा बिक्रीकर्ताको चाप धेरै भयो तर खरिदकर्ता नहुँदा सेयरमूल्य उच्च दरमा घटेको हो। जसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ।यस दिन ४० भन्दा बढी लघुवित्त कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

बिहीबार नेप्से परिसूचक ५४.७४ अंकले घटेको छ। यस दिन नेप्से २.७८ प्रतिशतले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको छ।बिहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम बढेर आज २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रुपैयाँ पुगेको छ।

बिहीबार २६० वटा धितोपत्रको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भएको हो।बिहीबार नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य सर्वाधिक ४.८२ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयर मूल्य ४१३ रुपैयाँ पुगेको छ।

यस्तै, सामलिङ पावरको सेयर मूल्य ४.७७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५०३ रुपैयाँ पुगेको छ।यस दिन छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता १ हजार ५४ रुपैयाँ ८० पैसामा ८ करोड ७० लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआइसी एशिया बैंक रहेकोे छ। उक्त कम्पनीको ८१४ रुपैयाँमा ७ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ९.५४ प्रतिशतले घटेको छ।यस्तै, होटल्स तथा पर्यटन समूहको परिसूचक ३.०८ प्रतिशतले घटेको छ।यसैगरी, वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top