×

NEPAL TIMES UPDATES

Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026

७ खेल जिते नेपालले सोझै विश्वकप छनोट खेल्ने

१४ फाल्गुन २०७९

१४ फागुन, काठमाण्डौ ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्व कप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । आफ्नो अन्तिम खेलमा हिजो नामिबियाले यूएईलाई हराएसँगै यो समीकरण बनेको हो । लिग–२ का शीर्ष तीन टोलीले आउँदो जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न पाउनेछन् ।

स्कटल्यान्ड र ओमान विश्व कप छनोटमा पुगेका छन् । अब नेपाल, नामिबिया र यूएई मध्ये एक टोलीको सम्भावना छ । नामिबियाको ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अङ्क छ । नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौँ स्थानमा छ ।

यूएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपालले अब यूएई र पपुवा न्युगिनीसँग समान चार÷चार खेल खेल्नेछ । नेपालले नामिबियालाई पछि पार्न ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ । नेपालले सबै खेल जित्दा ४२ अङ्क र ७ खेलमा जित्दा ४० अङ्क हुनेछ ।

नेपाल, पपुवा न्युगिनी र युएईबीच दुबईमा सोमबार त्रिकोणात्मक ओडिआई सिरिज चल्नेछ । त्यसपछि यी तीन टोलीबीच टियु मैदानमा लिग २ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ । यदि नेपाल अव दुई खेलमा पराजित भएमा सोझै विश्वकप छनोटको सम्भावना समाप्त हुनेछ ।

र क्वालिफायर प्लेअफ खेल्ने पक्का हुनेछ । यस्तै नेपालले एक दिवसीय मान्यता जोगाउन ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ । नेपालले ५ खेल जित्दा ३६ अंक हुनेछ । शीर्ष पाँचमा पर्न ३६ अंक पर्याप्त हुनेछ । किनभने चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंक छ ।

नेपाल शीर्ष पाँचमा पर्न अमोरिकालाई पछि पार्नुपर्ने हुन्छ । अमेरिकालाई पछि पार्न नेपालले ५ खेल जित्नुपर्ने हुन्छ । पाँच खेल भन्दा कम जितेको खण्डमा भने प्लेअफमा ओडिआई मान्यता निर्भर रहनेछ । लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्ले अफ खेल्नेछन् ।

क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् । क्वालिफायर प्लेअफमा शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछ । लिग २ मा शीर्ष पाँच र क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न नसके चार वर्षको लागि ओडिआई मान्यता गुम्नेछ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top