आत्मसमर्पण गरेकै दिन जेलमुक्त भए पल शाह

१५ फागुन, काठमाण्डौ ।
अभिनेता पल शाह जेलमुक्त भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार उनी तनहुँ कारागारबाट आज रिहा भएका हुन् । उनी आज जेलमुक्त हुनेभएपछि विहानैदेखि कारागार बाहिर उनका समर्थकको भिड लागेको थियो । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा (आजकै दिन) जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

Advertisement

आइतबार उच्च अदालत पोखराले पललाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार उच्च अदालतले कारागारलाई पत्राचार गरेपछि उनी रिहा भएका हुन् । गत वर्ष पलविरुद्ध नाबालिगलाई बलात्कार गरेको किटानी जाहेरी परेको थियो ।

त्यसपछि उनले गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । एकै नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत तनहुँ र नवलपुरमा मुद्दा दायर गरिएको थियो । जिल्ला अदालत तनहुँले उनलाई बलात्कार मुद्दामा सफाइ दिए पनि बालयौन दुर्व्यवहारमा दुई वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

Advertisement

सोही फैसलालाई उच्च अदालत पोखराले आइतबार उल्टाउँदै पललाई सफाइ दिएको हो । पललाई जिल्ला अदालत नवलपुरले यसअघि नै सफाइ दिएको थियो । उच्च अदालत पोखराले प्रमाणका रुपमा पेस गरिएको अडियोकै विश्वसनियता नभएको र अन्य प्रमाणमासमेत बलात्कार पुष्टि गर्ने आधार नभएको भन्दै पललाई सफाइ दिएको हो ।

Advertisement

उच्च अदालत पोखराका न्यायाधीशहरु डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले सफाइ दिएको हो। नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाइ दिएको थियो। उक्त इजलासले शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलाका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top