लघुवित्त र मिटरब्याज पीडितद्धारा जनकपुरमा प्रदर्शन

१७ फागुन ७९, बिहीबार

१८ फागुन, काठमाण्डौ ।

मिटरब्याज तथा लघुवित्त पीडितहरुले जनकपुरधाममा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । रंगभूमि मैदान बाह्रविघाबाट सुरु भएका पीडितहरुको जानकीचोक, जनकचोक, रामचोक, कदमचोक, भानुचोक र मिल्स एरियामा प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्दै उनीहरु मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेत घेराउ गर्ने प्रयास गरेका छन् ।

मधेश प्रदेश सरकारलाई १५ साउनमा बुझाएको ७ बुँदे मागसहितको ज्ञापनपत्रमाथि कुनै सुनुवाइ नभएको भन्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको संघर्ष समिमितका अभियन्ता संघर्ष दहालले बताए ।मिटर ब्याज विरुद्ध संघर्ष समितिले १० सुत्रीय माग राख्दै प्रदर्शन गरेको हो ।

मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितहरुको जफत गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने, मिटर ब्याजीको सम्पत्ति छानबिन गर्नुपर्ने, सहुलियत दरमा ऋणको व्यवस्था, मिटर ब्याजीबाट पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीबाट पीडितमाथि गरिएको यौन शोषणको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

यस्तै तमसुक व्यवस्था खारेज गर्नुपर्ने, लघुवित्तको ज्यादती बन्द हुनुपर्ने, गरिबलाई झुक्याएर पैसा लुट्ने लघुवित्त माथि कारबाही गर्नुपर्ने लगायतको माग उनीहरुको छ । मिटरब्याज पीडितमाथि सुदखोरको शोषण बढेको, मुद्दा लगाएर जेल पठाउने काम गरिरहेको र घर, घडेरी, सम्पत्ति गैरकानुनी रुपमा कब्जा गर्ने सिलसिला चलिरहेको मिटर ब्याज विरुद्ध संघर्ष समितिले जनाएको छ ।

मिटरब्याजसहित पछिल्लोसमय देखिएका लघुवित्तका समस्याहरु तत्काल समाधान नभए कडा संघर्षमा उत्रने चेतावनी संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोजकुमार पासवानले चेतावनी दिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top