यस्तो छ ओडिआई र विश्वकप छनोट खेल्ने नियम

२० फागुन , एजेन्सी ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले अब तीन खेल जितेमा एकदिवसीय मान्यता जोगिने भएको छ । नेपालले ५ खेल खेल्न बाँकी नै छ । तीमध्ये सबै खेल जितेमा सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने तीन खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ ।

नेपालले शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई तीन विकेटले हराएको थियो । यो जितपछि उक्त समिकरण बनेको हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले चौथो स्थानमा रहेको अमेरिकालाई पछि पार्न अब तीन खेल जित्नुपर्ने हुन्छ ।

अमेरिकाको ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्क छ । नेपालले तीन खेल जित्दा ३६ अङ्क हुनेछ । ३६ अङ्क शीर्ष पाँचमा पर्न पर्याप्त हुनेछ । नेपाललाई सोझै विश्व कप छनोट खेल्न ४० अङ्क आवश्यक छ । बाँकी सबै खेल जितेमा नामिबियालाई पछि पार्दै नेपाल विश्व कप छनोटमा पुग्नेछ ।

यूएईमा भइरहेको त्रिदेशीय शृङ्खलामा नेपालले सोमवार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र यूएईबीच कीर्तिपुरमा लिग–२ को अन्तिम त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ । आइसिसीको नियम अनुसार शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । शीर्ष तीन टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।

आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोली सोझै आगामी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्नेछन् । च्याम्पियन स्कटल्यान्डसँगै ओमानले सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् । अब नेपाल, युएई र नामिबिया मध्य एक टोली सोझै विश्वकप छनोटमा स्थान बनाउने छन् ।

बाँकी चार टोलीले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । आइसिसीका अनुसार अब लिग–२ मा ८ टोली हुनेछन् । नेदरल्यान्ड्सले पनि लिग २ नै खेल्नेछ । नेदरल्यान्ड्सले यस पटक भने १२ टेस्ट टोलीसँगै सुपर लिग खेल्दै आएको थियो ।

लिग २ का शीर्ष पाँच र नेदरल्यान्ड्सले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । लिग २ का छैटौं र सातौं स्थानमा रहने टोलीको ओडिआई मान्यता भने गुम्नेछ । ती दुई टोलीलाई ओडिआई मान्यता पुनः प्राप्त गर्ने क्वालिफयर प्लेअफ अन्तिम मौका हुनेछ ।

नामिबियामा हुने क्वालिफायर प्लेमा लिग २ का पुछारका चार टोलीसँगै च्यालेन्ज ए र बी का विजेता क्यानडा र जर्सी हुनेछन् । क्वालिफायरमा यी ६ टोली प्रतिस्पर्धा गर्दा दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । लिग २ मा चौथो र पाँचौं स्थानमा रहने टोलीले पहिल्यै ओडिआई मान्यता पाएका हुन्छन् ।

क्वालिफायर प्लेअफमा शीर्ष चारमा पर्न सके दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् । यदि नेपालले लिग–२ को शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता प्राप्त गर्न नसके क्वालिफायर प्ले अफमा अन्तिम मौका हुनेछ । क्वालिफायर प्ले अफमा पनि शीर्ष चारमा पर्न नसके आगमी चार वर्षको लागि नेपालको ओडिआई मान्यता भने गुम्नेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top