एमालेमाथि प्रहार भयो, नेपालीको ज्यान लिन सरकार लाग्योः ओली

एमालेमाथि प्रहार भयो, नेपालीको ज्यान लिन सरकार लाग्योः ओली

२० फागुन,काठमाण्डौ ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार र प्रधानमन्त्री प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन् । ओलीले अहिलेको सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन् । यस्तै प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्यारी गरेको आरोप पनि ओलीले लगाएका छन् ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्विकार गरेर प्रधानमन्त्री दाहालले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको जिकिर गरे ।

उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दावी समेत गरे । अध्यक्ष ओलीले मान्छेनै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको भन्दै कटाक्ष गरे ।

ओलीले भारतलाई खुशी पार्न प्रधानमन्त्री दाहालले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्ति समेत जनाए ।नेपालीहरु मारेर भएपनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाई थियो ।

उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।एमाले अध्यक्ष ओलीले काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको कुनै गन्तव्य नभएको पनि सो अबसरमा बताए ।

उनले स्ववियू निर्वाचनमा अनेरास्ववियूलाई विजयी गराउने काममा जुटन् पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । यस्तै ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताए । एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको जिकिर गरे ।

भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद्को केन्द्रिय समिति बैठकमा उनले जनतालाई भ्रममा पार्न सफल शक्तिहरूले अहिले पनि सत्ता कब्जा गरिरहेको भन्दै आक्रोस पोखे । अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरूले विगुल फुक्न जरुरी रहेको बताए । लेखेर, बोलेर, गोष्ठी, सभा, सम्मेलन गरेर पनि एमाले निकट बुद्धिजीविहरूले जनतालाई भ्रममुक्त बनाउनुपर्ने उनको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.