×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

किन खेल्ने होली ? के छ यसको महत्व

२२ फाल्गुन २०७९

२२ फागुन, काठमाण्डौ ।
आज फागु पूर्णिमा अर्थात होली । पहाडी तथा हिमाली क्षेत्रमा आज सोमबार असत्यमाथि सत्यको जितको रुपमा रंगहरुको पर्व होली धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ।

हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि मंगलबार भव्यताका साथ मनाइन्छ । मुख्यगरी दुई दिन यो पर्व मनाउने गरिए पनि यसको औपचारिक सुरुआत भने गत फागनु १५ गते होलीको चीर ठड्याएदेखि नै भएको थियो ।

Advertisement
Advertisement

उक्त चीरलाई आज टुँडिखेलमा विधिपूर्वक ढालेर होली मनाइन्छ । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ ।

दौत्यराज हिरण्यकशिपु आप्mनै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधीत बनेका थिए । भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ ।

भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।

नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज व्यापक गरिन्छ । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ ।

होलीको अवसरमा आज पहाडी क्षेत्रमा तथा भोली तराई क्षेत्रमा सार्वजनिक विदा दिइएको छ । होली पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति लगायत शीर्ष दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ । इच्छा विपरीत रङ्ग वा लोला हानेलाई पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले बताएका छन् ।

उनका अनुसार अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन सकिन्छ । होलीलाई लक्षित गरी ठाउँठाउँमा चेकपोइन्टहरु पनि राखिएको छ ।

Advertisement
Advertisement

मोबाइल गस्ती बढाइएको छ भने सादा पोसाकमा समेत प्रहरी खटिदैछन् । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले जानकारी दिए । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top