×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026

केही घण्टामा राष्ट्रपति चुनिने,आजै प्रमाणपत्र

२५ फाल्गुन २०७९

२५ फागुन, काठमाण्डौ ।
राष्ट्रपति पदको निर्वाचनका लागि मतदान सकिएको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फका १९ मत खसेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्णय गरेरै मतदान नगर्दा १५ मत कम खस्यो । राप्रपाकी सहनाज रहमानको निधनका कारण थप एक मत घट्यो ।

यस्तै, नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका सांसद वर्षमान पुन कलेजोको रोगका कारण चीनमा उपचाररत छन् ।

Advertisement
Advertisement

यसबाहेक हत्या अभियोगमा प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरी अनुपस्थित भए । नेपाल प्रहरीको फरार अभियुक्त सूचीमा रहेका नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरी राष्ट्रपति निर्वाचनमा अनुपस्थित भएका छन् ।

निर्वाचन आयोगले तयार पारेको मतदाता सूचीमा नाम रहेका कोइरी स्वास्थ्य अवस्था ठिक नभएको कारण मतदनमा उपस्थित नभएको एमाले सांसद महेश बर्तौलाले जानकारी दिए । उनीहरू सबैको गरी १९ मत नखस्दा राष्ट्रपति निर्वाचनमा एक हजार ५०१ मतभार घटेको छ ।

यस्तै, प्रदेशसभा सदस्यतर्फका ३२ मत कम खस्दा एक हजार ५३६ मतभार घटेको छ । प्रतिनिधिसभा सदस्यतर्फ १९ र प्रदेशसभा सदस्यतर्फका ३२ मत नखस्दा कुल तीन हजार ३७ मतभार घटेको छ । नयाँ राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान भएको हो ।

अब आजै मतगणना गरी आजै प्रमाणपत्र वितरण गर्ने निर्वाचन आयोगको तयारी छ । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मगणनाका लागि प्रतिनिधि तोकिएका छन् । नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका रामचन्द्र पौडेलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रतिनिधि तोकिएका छन् ।

नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका सुवास नेम्वाङका तर्फबाट एमाले सांसद महेश वर्तौला प्रतिनिधि तोकिएका छन् । मत गणनाका क्रममा एक–एकजना मात्र प्रतिनिधि बस्ने सहमति निर्वाचन आयोगसँग भएको छ । मतगणनाका क्रममा स्वस्तिक छाप लगाएका मतपत्रलाई मात्र मन्यता दिने सहमति गरिएको छ ।

Advertisement

यस्तै, कोठाबाहिरको मतसंकेतलाई बदर मान्ने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूको मत अलगअलग गणना गरिनेछ । मतगणनास्थलमा उमेदवारका तर्फबाट एक÷एकजना मात्र प्रतिनिधि राख्ने सहमति पनि भएको छ । राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top