ब्ल्याक सीमा खसेको अमेरिकी ड्रोन बेपत्ता

ब्ल्याक सीमा खसेको अमेरिकी ड्रोन बेपत्ता

२ चैत, एजेन्सी।
रुसको सु–२७ लडाकु विमानसँग ठोक्किएर एक अमेरिकी ड्रोन ब्ल्याक सीमा खसेपछि अमेरिकाले उक्त ड्रोन खोज्ने प्रयास गरिरहेको छ । अमेरिकी आशंका यो छ कि यदी आफूभन्दा पहिले उक्त ड्रोन कसैले फेला पारे त्यहाँका महत्वपूर्ण सूचना चोरी हुनसक्छ ।

अमेरिकाको शक्तिशाली एमक्यू–९ रिपर ड्रोन समुद्रको धेरै गहिरो क्षेत्रमा पुगेको हुनसक्ने आशंका छ । अमेरिकी अधिकारीहरूका अनुसार ड्रोन ब्ल्याक सीको ५००० फिट मुनी पुगेको हुनसक्छ । त्यसमाथि ड्रोन खसेको जल क्षेत्रमा यतिबेला रुसी पानीजहाज पनि देखिएको बताइएको छ ।

यसरी आफूभन्दा पहिल्यै रुसी जहाज ड्रोन खसेको क्षेत्रमा पुगेकाले त्यसलाई भेट्न निकै गाह्रो हुने अमेरिकी भनाइ छ । ब्ल्याक सी रुस र युक्रेन दुवैको सीमा नजिक पर्छ । मंगलबार अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा आफ्नो ड्रोनले नियमित उडान गरिरहेका बेला रुसका दुई लडाकु विमानले बाधा पु¥याउँदा ड्रोन ब्ल्याक सीमा खसेको अमेरिकी दाबी छ ।

रुसले भने ड्रोन तेज गतिमा भएका कारण मार्ग परिवर्तन गर्ने क्रममा समुद्रमा खसेको प्रतिक्रिया दिएको थियो । रुसी मन्त्रालयले अमेरिकी रिपर ड्रोनले ट्रान्सपोन्डर बन्द गरेर उडिरहेका कारण ट्र्याक गर्न नसक्दा दुर्घटना हुन पुगेको बताएको थियो । अमेरिकी गल्तीकै कारण यस्तो हुन पुगेको रुसी भनाइ छ ।

रुसी सीमाक्षेत्रनजिक अमेरिकी ड्रोनले के गरिरहेको थियो भनेर पनि मस्कोले प्रश्न गरेका छन् । अमेरिकी रिपर ड्रोनले १७ सय केजीको विस्फोटक पदार्थ बोक्नसक्छ । यस्ता आक्रामक ड्रोनहरू नजिक हुँदा पनि रुसी हवाई सेनाका पाइलटले आक्रमण नगर्नु त्यो रुसको व्यवहारिक र व्यवसायिक कार्य भएको मस्कोको भनाइ छ ।

यसको इन्जिन एकदमै विशेष छ जसको कारणले गर्दा यसको प्रदर्शन अन्य ड्रोन भन्दा राम्रो छ। यो ड्रोन २७ घण्टाभन्दा बढी हावामा रहन सक्छ । यो ड्रोन ५० हजार फिटको उचाइमा उड्न सक्छ । यसको १७४६ किलोग्रामको पेलोड क्षमता छ, जसमध्ये १३६१ केजी बाहिर भण्डारण गर्न सकिन्छ।

यो ड्रोनले निगरानी र युद्धमा आफ्नो उच्च क्षमता देखाउन सक्छ। यसले धेरै प्रकारका हतियार बोक्न सक्छ । यसबाहेक, यो ड्रोन धेरै प्रकारका सेन्सरहरूले सुसज्जित छ । जसले दुश्मनहरूलाई लक्षित गर्न धेरै सजिलो बनाउँछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.