×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

नयाँ उपराष्ट्रपति चुनिदै, मतदान जारी

३ चैत्र २०७९

३ चैत, काठमाण्डौ ।
मुलुकको तेस्रो नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो । विहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ ।

शाक्य र रामसहाय यादव प्रमुख प्रतिस्पर्धीको रूपमा छन् । यता प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन अधिकृतको कार्यालयले प्रमिलाको नाम पनि मतपत्रमा राखिएको छ ।

Advertisement
Advertisement

१० दलीय गठबन्धनमा उपराष्ट्रपतिमा सर्वसम्मत हुन सकेको छैन । गठबन्धनमा रहेका लोसपा, जनमत र नाउपाले जनमतकी ममता झालाई छुट्टै अघि सारेका छन् । उपराष्ट्रपति चुनाव सुरू भइसक्दा पनि संसदको चौथो ठूलो दल नेपाल स्वतन्त्र पार्टी (रास्वपा) कसलाई भोट हाल्ने भन्नेमा अनिर्णित छ ।

यस विषयमा छलफल गर्न आज बस्ने भनिएको पार्टीको संसदीय दल वैठक स्थगित गरिएको छ । निर्वाचन आयोगले मौन अवधिमा बैठक बसेर कुनै निर्णय नलिन दलहरूलाई सचेत गराएकाले रास्वपा बैठक स्थगित भएको हो । यद्यपि, नेताहरू पार्टी कार्यालयमा बसेर अनौपचारिक सरसल्लाह गर्दैछन् ।

स्रोतका अनुसार उपराष्ट्रपति चुनावमा रास्वपाले मतदान नगर्ने सम्भावना बलियो बनेको छ । पार्टीको वाचापत्रमा नै देशमा उपराष्ट्रपति पद नै नचाहिने भनिएकाले मतदानमा भाग लिँदा विरोधाभास देखिनेमा धेरै नेताहरू सहमत छन् । यद्यपि, ठोस समझदारी भइसकेको छैन ।

यसअघि राष्ट्रपति चुनावमा भने रास्वपाले मतदान गरेको थियो । त्यसबेला पनि अन्तिम क्षणमा निर्णय लिएर रास्वपाले सत्ता गठवन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई भोट हाल्यो । तर, उपराष्ट्रपतिमा भने सत्ता गठबन्धन भित्रै सहमति ज’शट्न सकेको छैन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ । मतदान सकिएसँगै आजै साँझ मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ ।

यता उपराष्ट्रपतिको चुनावी मैदानमा रहेका जसपाका रामसहायप्रसाद यादवले गठबन्धनबाट सर्वसम्मत उम्मेदवार आफू भएको बताएका छन् । जारी मतदान प्रक्रियामा भोट हालेर निस्किँदै गर्दा उनले गठबन्धनका सबै मतदाताले मत दिएर जिताउनेमा आशा ब्यक्त गरेका छन् । उपराष्ट्रपति उम्मेदवार यादवले उपराष्ट्रपतिमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top