×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

विश्वकप लिग २ मा को भए उत्कृष्ट बलर र ब्याटर ?

३ चैत्र २०७९

३ चैत ,एजेन्सी ।
सात देश सहभागि भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ बिहीबार सकिएको छ। कीर्तिपुरमा भएको नेपाल र युएईको खेलसँगै लिग–२ को प्रतियोगिता पनि अन्त्य भएको छ । स्कटल्याण्ड, ओमान, नेपाल, नामिबिया, अमेरिका, युएई र पपुवान्यूगिनी(पीएनजी) सहभागि प्रतियोगिता सकिएसँगै आईसीसीले लिग–२ मा सबैभन्दा धेरै रन ल्याउने ब्याटर र सबैभन्दा बढि विकेट लिने १०–१० बलरको जनाको नाम सार्वजनिक गरेको छ।

जसमा ब्याटरमा उतकृष्ट १० भित्र नेपाली पर्न सकेका छैनन् भने बलर तर्फ सन्दीप लामिछाने र करण केसी परेका छन् । आईसीसीका अनुसार लिग–२ मा नामिबियाका गेरहार्ड इरास्मसले सबैभन्दा बढि १२९८ रन ल्याए। दायाँहाते ब्याटर इरास्मसले ३३ पारीमा १२ वटा अर्धशतक बनाए भने ओमानविरुद्धको खेलमा शतक बनाउँदै १२१ रन नटआउट खेले।

यो उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। दोस्रो स्थानमा १२९० रन बनाउँदै पीएनजीका असद भाला रहँदा अमेरिकाका मोनंक पटेलले १२१९ र आरोन जोन्सले ११८४ रन बनाउँदै क्रमशः तेस्रो र चौथो स्थानमा रहे। ओमानका जतिन्दर सिंहले १०९८ रन बनाउँदै पाँचौं बन्दा स्कटल्याण्डका काइल कोएट्जर र क्यालम क्याकलियोडले छैटौं र सातौं स्थान बनाउँदै क्रमशः १०६२ र १०५१ रन जोडे।

युएईका वृत्य अरिविन्ले १०४७ रन बनाउँदै आठौं बन्दा ओमानका जिसन मकसुद ९६९ रनसहित नवौं र स्कटल्याण्डका जर्ज मुन्सी ९४४ रनसहित दशौं उत्कृष्ट ब्याटर बने। बलिङतर्फ ओमानका बिलाल खानले सबैभन्दा धेरै विकेट लिए। लिग–२ का ३५ खेल खेलेका बायाँहाते तीव्रगतिका बलर खानले ७६ विकेट लिए।

नेपालका सन्दीप लामिछानेले ३० खेलमा ७२ विकेट लिएर दोस्रो स्थानमा रहँदा अमेरिकाका सौरभ नेत्रवालकर ५८ विकेटसहित तेस्रो स्थानमा छन्। चौथो, पाँचौं र छैटौं स्थानमा रहेका स्कटल्याण्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पेलम्यान र नेपालका करण केसीले क्रमशः ५४, ५१ र ५० विकेट लिए।

नामिबियाका बर्नार्ड शोल्ट्ज ४९ विकेटसहित सातौं हुँदा ओमानका जिसन मकसुदले ४७ विकेट लिएर आठौं बने। नवौं र दशौं स्थानमा युएईका जुनैद सिद्दीकी र जहुर खान रहे। उनीहरूले क्रमशः ४३ र ४१ विकेट लिए।

यो प्रतियोगितामा प्रत्येक टिमले ३६ खेल खेलेका थिए। सात देशमध्ये स्कटल्याण्ड, ओमान र नेपालले जिम्बावेमा हुने विश्वप छनोटमा स्थान बनाएका छन् भने बाँकी टिमले क्यानडा र जर्सीको साथमा आगामी हप्तादेखि नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछन् ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top