×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

रोनाल्डोको नाममा सर्वाधिक १२२ गोल

१३ चैत्र २०७९

१३ चैत , एजेन्सी ।

भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ । पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा ६–० को सानदार जित निकाल्दै लगातार दोस्रो जित आत्मसात गरेको हो ।

Advertisement
Advertisement

पोर्चुगलको फराकिलो जितमा कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक गोल गरे । पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकाल्न सफल भयो । कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो ।

यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई ४–० ले हराएको थियो । विश्वकपपछि पोर्चुगल रोबर्टो मार्टिनेजको प्रशिक्षणमा खेलिरहेको छ । मार्टिनेज बेल्जियमका पूर्व प्रशिक्षक हुन् । गएराति रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पाहुना टोली पोर्चुगलले अग्रता लिएको थियो ।

१५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रता दोब्बर बनाए । १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे । ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । यससँगै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल सङ्ख्या १२२ पु¥याएका छन् । रोनाल्डोले १९८ खेलमा १२२ गोल गरेका हुन् ।

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । यस्तै ७७औँ मिनेटमा ओटाभियोले गोल गरे । ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपे । लियो ८५औँ मिनेटमा पेनाल्टीमा गोल गर्न चुकेका थिए। जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ । दोस्रो स्थानको स्लोभाकियाले ४ अंक जोडेको छ ।

Advertisement

स्लोभाकियाले गएराति बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हराएको थियो । बोस्निया एन्ड हर्जगोभिना तीन अंकका साथ तेस्रो स्थानमा छ । समान तीन अंक जोडेको आइसल्यान्ड चौथो स्थानमा छ । एक अंक जोडेको लक्जमबर्ग पाँचौँ र अंकविहीन लिचेस्टाइन छैटौँ स्थानमा छ । आइसल्यान्डले गएराति लिचेस्टाइनलाई ७–० ले हराएको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top