×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

कालापानीमा किन भएन जनगणना ?

१३ चैत्र २०७९

१३ चैत,एजेन्सी ।
नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपनि ती भुभागलाई थप आधिकतासहित भोलिका महत्वपूर्ण दस्तावेज बन्ने राष्ट्रिय जनगणना २०७८ मा यी क्षेत्रको जनगणना छुटाइएको छ ।

सरकारले हरेक १० वर्षमा हुने यति महत्वपूर्ण जनगणनामा आफ्नै भूमिमा बस्ने नागरिकको गणना छुटाएपछि यो विषय संसदमा पनि उठेको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेर सरकारमा जाने तयारी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले भारतद्वारा अतिक्रमित नेपाली भूमिमा जनगणना नगरिएको विषय संसदमा उठाएका छन्।

Advertisement

आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय पुगेको बताउँदै तर लिम्पियाधुरा, कालापानी र लिपुलेमा जनगणना नगरिएको भन्दै प्रश्न उठाएका हुन्।

’नेपालको जनसंख्या सार्वजनिक भइरहँदा कालापानी, लिम्पियाधुरा र लिपुलेकको किन गनिएन?’, उनले भने, ’हाम्रै देशको भूगोलको जनगणना किन गरिएन? २०१८ मा त्यो क्षेत्रमा गनिएको थियो। यदि यो पटक छुटेको हो भने सम्ब्धित निकायले जानकारी देओस्।

’ नेपालको कालापानी क्षेत्र भने भारतको पूर्ण नियन्त्रण रहेको छ । कालापानीका कुटी, गुञ्जी र नाबी गाउँको तथ्याङ्क जनगणनामा छैन् । यसअघिको जनगणनाको प्रतिवेदनमा ती तीन गाउँको तथ्याङ्क अनुमानित रुपमा समावेश गरिएको थियो । तर अहिले उनीहरुको नाम पछिल्लो जनगणनामा समावेश गरिएको छैन ।

ती गाउँमा जनगणनाका अधिकारी पुग्न नसकेको बताइएको छ । त्यस क्षेत्रमा करिब ५ सय नागरिक रहेको अनुमान गरिएको छ । २०२० मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पिथौरागढ हुँदै कैलाश मानसरोवर सडकसँग जोड्न लिपुलेक सडकको उद्घाटन गरेपछि मात्रै नेपाल सरकार झस्किएको थियो ।

पछि भारतको जम्मुकश्मीरबाट छुट्याएर लद्दाखलाई नयाँ राज्य बनाएको भारतले २०७६ कार्तिक १६ मा नयाँ नक्सा जारी गरेको थियो, जसमा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो । त्यसविरुद्ध नेपालमा प्रदर्शन चर्किन थालेपछि २० कार्तिकमा परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा निकालिएको त्यो नक्सालाई अस्वीकार गरेको थियो ।

त्यसपछि २३ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको एक–एक भू–भाग नेपालको भएको निष्कर्ष निकालेको थियो । पछि सरकारले मन्त्रिपरिषद्बाटै औपचारिक निर्णय गरेर जेठ ७ गते पश्चिममा लिम्पियाधुरासम्म फैलिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

Advertisement

जेठ ३१ गते सो नयाँ नक्सा संविधान संशोधन गरी संविधानमा सुचीकृत गर्न संसदबाट सर्वसम्मत अनुमोदन भएको थियो । यसरी नेपालको संविधानमा समेत सुचीकृत भएका नेपाली भूभागमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई भने जनगणना २०७८मा छुटाइएको छ ।

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top