NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

कालापानीमा किन भएन जनगणना ?

सोमवार चैत्र १३ , २०७९
Reading Time: 1 min read
A A
Nepal Top
कालापानीमा किन भएन जनगणना ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ चैत,एजेन्सी ।
नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपनि ती भुभागलाई थप आधिकतासहित भोलिका महत्वपूर्ण दस्तावेज बन्ने राष्ट्रिय जनगणना २०७८ मा यी क्षेत्रको जनगणना छुटाइएको छ ।

सरकारले हरेक १० वर्षमा हुने यति महत्वपूर्ण जनगणनामा आफ्नै भूमिमा बस्ने नागरिकको गणना छुटाएपछि यो विषय संसदमा पनि उठेको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेर सरकारमा जाने तयारी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीका सांसद शेरबहादुर कुँवरले भारतद्वारा अतिक्रमित नेपाली भूमिमा जनगणना नगरिएको विषय संसदमा उठाएका छन्।

आइतवार बसेको संसद बैठकको शून्य समयमा बोल्ने क्रममा उनले देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय पुगेको बताउँदै तर लिम्पियाधुरा, कालापानी र लिपुलेमा जनगणना नगरिएको भन्दै प्रश्न उठाएका हुन्।

LS Auto

’नेपालको जनसंख्या सार्वजनिक भइरहँदा कालापानी, लिम्पियाधुरा र लिपुलेकको किन गनिएन?’, उनले भने, ’हाम्रै देशको भूगोलको जनगणना किन गरिएन? २०१८ मा त्यो क्षेत्रमा गनिएको थियो। यदि यो पटक छुटेको हो भने सम्ब्धित निकायले जानकारी देओस्।

’ नेपालको कालापानी क्षेत्र भने भारतको पूर्ण नियन्त्रण रहेको छ । कालापानीका कुटी, गुञ्जी र नाबी गाउँको तथ्याङ्क जनगणनामा छैन् । यसअघिको जनगणनाको प्रतिवेदनमा ती तीन गाउँको तथ्याङ्क अनुमानित रुपमा समावेश गरिएको थियो । तर अहिले उनीहरुको नाम पछिल्लो जनगणनामा समावेश गरिएको छैन ।

ती गाउँमा जनगणनाका अधिकारी पुग्न नसकेको बताइएको छ । त्यस क्षेत्रमा करिब ५ सय नागरिक रहेको अनुमान गरिएको छ । २०२० मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पिथौरागढ हुँदै कैलाश मानसरोवर सडकसँग जोड्न लिपुलेक सडकको उद्घाटन गरेपछि मात्रै नेपाल सरकार झस्किएको थियो ।

पछि भारतको जम्मुकश्मीरबाट छुट्याएर लद्दाखलाई नयाँ राज्य बनाएको भारतले २०७६ कार्तिक १६ मा नयाँ नक्सा जारी गरेको थियो, जसमा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो । त्यसविरुद्ध नेपालमा प्रदर्शन चर्किन थालेपछि २० कार्तिकमा परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा निकालिएको त्यो नक्सालाई अस्वीकार गरेको थियो ।

त्यसपछि २३ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको एक–एक भू–भाग नेपालको भएको निष्कर्ष निकालेको थियो । पछि सरकारले मन्त्रिपरिषद्बाटै औपचारिक निर्णय गरेर जेठ ७ गते पश्चिममा लिम्पियाधुरासम्म फैलिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

जेठ ३१ गते सो नयाँ नक्सा संविधान संशोधन गरी संविधानमा सुचीकृत गर्न संसदबाट सर्वसम्मत अनुमोदन भएको थियो । यसरी नेपालको संविधानमा समेत सुचीकृत भएका नेपाली भूभागमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई भने जनगणना २०७८मा छुटाइएको छ ।

Tags: #कालापानीका नेपाली#कालापानीमा जनगणना भएन#जनगणना

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

World News: India को मुख्य शत्रु China, Pakistan सुरक्षा समस्या, Putin ‘पागल’ || Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.