विराटनगर,भदौ १७
प्रदेश नम्बर एकका वन,उद्योग तथा पर्यटन मन्त्री जगदीश प्रसाद कुसियतले वनजंगलको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।
जिल्ला डिभिजन कार्यालयले मोरङको लेटाङमा आज आयोजना गरेको बिरुवा वितरण कार्यक्रममा बोल्दै मन्त्री कुसियतले बनजङ्गललाई पुर्णरुपले बिकाश गर्नाले वातवरणमा साकारात्मक प्रभाव पर्ने बताएका हुन् ।
उनले बनजंगलको विकासले पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रलाई समेत अघि बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त गरे । सो कार्यक्रममा मन्त्री कुसियतद्धारा तित्री,बेल अमला लगायत ५ प्रजातीका विरुवाहरु सर्वसाधारणलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै मोरङको पथरीमा हरियाली बन उपभोक्ता समितीले आयोजना गरेको कार्यक्रममा उपभोक्ता समितीले गरेको कार्यको प्रशंसा गर्दै मन्त्री कुसियतले बनजंगलको संरक्षणमा अझ सक्रिय रहन सुझाव दिए ।कार्यक्रममा त्यहाँका जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिएको थियो ।