×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

२ सिट थप्न कांग्रेसले कम्मर कस्यो, कहाँबाट को उम्मेदवार ?

१६ चैत्र २०७९

१६ चैत, काठमाण्डौ ।
नेपाली कांग्रेसले तनहुँ–१ को उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । आगामी १० वैशाखमा हुने उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन र नयाँ मन्त्रीहरूको नाम तय गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बसको थियो ।

कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ का लागि तयारी गर्न भट्टराईलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिएका थिए । उनी कांग्रेसभित्र अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । भट्टराईले अहिलेसम्म संसदी निर्वाचन लड्ने अवसर पाएका छैनन् ।

Advertisement

भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नवौँ अध्यक्ष रहिसकेका नेता भट्टराई १४ औँ महाधिवेशनमा सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए । यता चितवन–२ मा भने जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । उनी चितवनका जिल्ला अध्यक्ष हुन् ।

आफूलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन् । यसअघि चितवन २ मा तत्कालिन सत्ता गठबन्धनको उम्मेदवारका रुपमा काँग्रेसका उमेश श्रेष्ठ उठेका थिए । उनी रास्वपा सभापति रवि लामिछानेसंग पराजित भएका थिए ।

यस्तै बारा क्षेत्र नम्बर २ मा भने काँग्रेसले जसपालाई सघाउने निर्णय गरेको छ । यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारी गर्दैछन् । यद्यपी अहिलेसम्म जसपाले आधिकारिक उम्मेदवार घोषणा भने गरेको छै्रन । तर मंसिरमा राम्रो मतका साथ चुनाव जितेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा पठाएर उपेन्द्रले संसदमा पुनः इन्ट्रिका लागि सुरक्षित क्षेत्रका रुपमा बारा २ लाई रोजेका हुन् ।

यद्यपी यहाँ पनि उपेन्द्रलाई हराएरै छाड्ने जनमतका अध्यक्ष सिके राउतले दाबी गरेका छन् । यहाँ जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने भएका छन् । बारा २ मा उपेन्द्रलाई लोसपाका नेता राजेन्द्र महतोले पनि चुनौती दिने भएका छन् ।

बिहीबार काठमाडौंमा बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बारा २ को उपनिर्वाचनमा महतोलाई उठाउने सर्वसम्मत निर्णय गरेको हो । यसैबीच नेपाली कांग्रेसको कार्यसम्पादन समितिले मन्त्रिपरिषद् विस्तारका लागि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।

Advertisement

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top