×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

इन्धनको मूल्य घटाएर आइओसीले पठायो सूची

१८ चैत्र २०७९

१८ चैत, एजेन्सी ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा यसपटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले १५÷१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । जसअनुसार नयाँ सूचीमा पेट्रोल लिटरमा १.७४ रुपैयाँ र डिजल लिटरमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेर आएको छ ।

Advertisement
Advertisement

यसले निगमलाई अबका दिनमा निकै नाफा हुने देखिएको छ । यसअघि नै पेट्रोल, डिजल र हवाई इन्धनमा निगमलाई नाफा छ । पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३८ रुपैयाँले मूल्य बढेर आएका कारण इन्धनमा भएको नाफा ग्यासको घाटा परिपूर्ति गर्न व्यवस्था मिलाइएको थियो ।

अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजलको १७५ रुपैयाँ छ । यो मूल्यमा कारोबार भइरहँदा निगमलाई पछिल्लो १५ दिनमा लगभग ६० करोड नाफा छ । निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ ।

Advertisement

नयाँ सूचीअनुसार आफूले तिर्नुपर्ने खरिद मूल्य घटेर आएसँगै अब निगमले बिक्री दर घटाएन भने पेट्रोलमा लिटरको करिब १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ हाराहारी नाफा हुने देखिएको छ । आफ्नो नोक्सान बढ्छ भन्दै मूल्य बढाउने मामिलामा निगम व्यवस्थापन हतारिने गरेको छ । तर, घटाउने मामिलामा की उपभोक्ताले सडकबाट दबाब दिनुपर्छ, नत्र सरकारले नै हस्तक्षेप गर्नुपरेको स्थिति रहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top