×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

प्लेब्वाय पत्रिकामा मन्त्रीको फोटो राखेपछि बबाल

२० चैत्र २०७९

२० चैत , एजेन्सी ।
विश्वचर्चित प्लेब्वाय पत्रिकाको कभर पेजमा फ्रान्सकी एक महिला मन्त्रीको फोटो सार्वजनिक भएपछि यसले विश्वको ध्यान तानेको छ। फ्रान्स सरकारमा सामाजिक न्याय मन्त्रालयको कार्यभार सम्हालिरहेकी मार्लेन सिआप्पाको फोटो प्लेब्वायले आफ्नो कभरमा प्रकाशित गरेको हो।

४० वर्षीय मार्लेनको फोटो पत्रिकामा प्रकाशित भएपछि उनको देशव्यापी आलोचना भइरहेको छ। प्रधानमन्त्री एलिजाबेथ वार्न र अन्य मन्त्रीले यसको आलोचना गरेका छन्। प्लेब्वायले समलैंगिक तथा महिला अधिकारको विषयमा उनीसँग १२ पेज लामो अन्तर्वार्ता गरेको थियो।

Advertisement
Advertisement

प्लेब्वाय पत्रिकाको कभर पेजलाई सोसल मिडियामा शेयर गर्दै मार्लेनले लेखेकी छिन्, ‘महिलालाई आफ्नो शरीरप्रति पूरा अधिकार छ। उनीहरू आफ्नो शरीरलाई जे गर्न पनि स्वतन्त्र छन्।’ उनले पत्रिकामा प्रकाशित आफ्नो फोटोको प्रतिरक्षा पनि गरेकी छिन्। उनी भन्छिन्, ‘फ्रान्सको महिला स्वतन्त्र छन्, पुरानो सोच राख्नेहरूलाई समस्या परेको होला, त्यो उनीहरूको कुरा हो।’

फ्रान्समा सेवानिवृत्त हुने उमेर बढाएपछि यसविरूद्ध केही सातादेखि आक्रामक प्रदर्शन भइरहेको छ। यसैबीच मन्त्रीको प्लेब्वायमा फोटो प्रकाशित भएपछि स्थितिले अर्को रूप लिनसक्ने आशंका गरिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

विपक्षी पार्टीले प्रतिक्रिया दिँदै भनेका छन्, ‘मार्लेनले फ्रान्सेली जनताको इज्जतमा चोट पु¥याएकी छिन्।’ लेब्वाय पत्रिकाले भने मार्लेनको समर्थन गरेको छ। उसले महिला अधिकारका लागि लड्ने मार्लेनको फोटो आफ्नो पत्रिकाको मुख्यपृष्ठमा प्रकाशित हुनु गर्वको कुरा भनेको छ। प्लेब्वाय पत्रिका सन् १९५३ देखि प्रकाशित हुँदै आइरहेको छ।

Advertisement

यसका संस्थापक ह्यु हेफनरको ९१ वर्षको उमेरमा २०१९ मा निधन भएको थियो। यो पत्रिकाको बिक्री कुनै बेला प्रतिमहिना ७० लाख थियो। २००६ मा विवाह बन्धनमा बाधिएकी मन्त्री मार्लेनका दुई छोरी छन् । उनले २०१५मा आफूलाई सेपियोसेक्सुअल घोषणा गरेकी थिइन । चर्चित उपन्यासकार समेत रहेकी मार्लेनका २८ उपन्यास प्रकाशित रहेका छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top