एकल आमाका सन्तानको जन्मदर्ता मावलीकै थरमा

Share this
763shares

२३ चैत,काठमाण्डौ ।
एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । सरकारले एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय पञ्जिकाधिकारीलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेको र पिताको ठेगान नभएका बालबालिकाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।

Advertisement

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने’, पत्रमा भनिएको छ ।

त्यस्तै, पितृत्वको ठेगान नभएको बालबालिका भएका एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै रहेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गर्न पनि विभागले भनेको छ ।

Advertisement

विभागको परिपत्रमा बालबालिकाको जन्म दर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गर्न सकिने पनि उल्लेख गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top