×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेइजिङमा म्याक्रोनको भेटमा विश्वको नजर

२४ चैत्र २०७९

२४ चैत, एजेन्सी ।
चीन भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ । बिहीबार भएको सो भेटमा फ्रान्सका राष्ट्रपति म्याक्रोनले आफ्ना समकक्षी सीलाई रूसले सुरु गरेको युक्रेन युद्ध रोक्न आफ्नो प्रभावको प्रयोग गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको स्वागत गर्दै राष्ट्रपति सीले बदलिँदो र अस्थिर अन्तर्राष्ट्रिय परिदृश्यका बाबजुद भएको भेटले रुस–युक्रेन युद्ध अन्त्यका लागि वातावरण बनाउने विश्वास विश्व समुदायले लिएको बताएका थिए ।

भेटमा दुवै नेताहरुले युद्ध र द्विपक्षीय सम्बन्धबारे कुरा गरेको बताइएको छ । सी र म्याक्रोन दुवै द्वन्द्वबाट आणविक हतियारको विषय टाढै रहनुपर्नेमा सहमत भएका अलजिजराले लेखेको छ । भेटपछि बेइजिङमा भएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै म्याक्रोनले युक्रेन कब्जामा रहेसम्म युरोपको सुरक्षा संरचना असम्भव रहेको बताएका छन् ।

उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एक सदस्य(रूस)ले राष्ट्रसंघीय बडापत्रको उल्लंघन गरेको भन्दै यो “अस्वीकार्य” रहेको बताएका छन् । यस्तै, सीले विश्व शान्तिको रक्षा गर्न दुई देशको क्षमता र जिम्मेवारी रहेको बताएका छन् । चीनले युक्रेन संकट नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

युरोप बहुध्रुवीय विश्वमा स्वतन्त्र ध्रुव भएको र बेइजिङले यसको रणनीतिक स्वायत्ततालाई समर्थन गर्ने चीनले भनेको छ । यस्तै भेटवार्तामा म्याक्रोँले विगत केही वर्षदेखि चीन र फ्रान्सले द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको पनि बताएका छन् ।

दुवै पक्षले हाइब्रिड ढाँचामा उच्च आवृत्ति र उच्च गुणस्तरको रणनीतिक सञ्चार कायम गरेको, कोभिड–१९ विरुद्धको लडाइँमा एकअर्कालाई सहयोग गरेको, द्विपक्षीय व्यापारमा बलियो वृद्धि भएको र एअरोस्पेस, उड्डयन, कृषि, खाद्य र अन्य क्षेत्रमा सहयोगका महत्त्वपूर्ण परिणाम देखेको उनले बताएका छन् ।

यस्तै जलवायु परिवर्तन, जैविक विविधता र अफ्रिकाको विकासजस्ता विषयमा दुई देशबीच घनिष्ठ संवाद र समन्वय पनि भएको सीले सो क्रममा बताएका थिए । अहिले विश्व गम्भीर ऐतिहासिक परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै सीले चीन र फ्रान्स संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गरे ।

म्याक्रोनले यो भेटवार्ता स्पष्ट र रचनात्मक भएको बताए । राष्ट्रपति म्याक्रोँको चीन भ्रमण विश्वसँग चीनको पूर्णरूपमा खुला आर्थिक सम्बन्ध सुरु भएपछि र सीको ‘दुई कार्यकाल’ को सफल समापनपछि तेस्रो कार्यकालको सुरुवातमा भएको हो ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top