स्लोभाकियाले दियो ईयूलाई झट्का, रोक्यो युक्रेनी खाद्यान्न

५ वैशाख ,एजेन्सी ।
मध्य युरोपियन देश स्लोभाकिया ईयूको यस्तो तेस्रो मुलुक बनेको छ जसले युक्रेनबाट आयात हुने खाद्यान्नमा प्रतिबन्ध लगाएको छ । यसलाई रुसविरुद्ध युक्रेनको साथमा उभिएका देशहरुको समूहका लागि निकै ठूलो झट्काका रुपमा हेरिएको छ । यसअघि पोल्याण्ड र हंगेरीले पनि शनिबार युक्रेनी खाद्यान्नमा प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

उनीहरुले ३० जुनपछि युक्रेनबाट खाद्यान्न आयात बन्द गर्ने बताएका छन् । जबकी यी तिनै मुलुकहरु सदस्य रहेको युरोपियन युनियनले युक्रेनी खाद्यान्न निर्यातका लागि सहयोग गरिरहेको थियो ।यसैबीच पोल्याण्ड, हंगेरीपछि स्लोभाकियाले पनि युक्रेनी खाद्यान्नका कारण आफ्नो देशका किसानहरुको उत्पादनले बजार नपाएकाले किसानहरु रुष्ट बनेको र सोही कारण युक्रेनी खाद्यान्नको आयात बन्द गर्ने निर्णय लिएको बताएका हुन्।

युक्रेनी खाद्यान्नको सप्लाई ठूलो परिमाणमा हुने हुँदा आफ्ना किसानहरुको उत्पादनले मुल्य नपाउँदा यसले आर्थिक समस्या समेतको सामना गर्नु परेको तिनै मुलुकहरुको भनाई छ । यता इयूले भने आफ्ना सदस्य राष्ट्रहरुले यस्ता एकलौटी निर्णय लिन नहुने भन्दै आपत्ति जनाएको छ ।

युरोपियन युनियनको एक्जिक्युटिभ ब्राञ्च युरोपियन कमिशनले देशहरुबीचको यस्ता व्यापारहरुको प्रबन्ध गर्ने गरेको छ । र उसले भनेको छ, पोल्याण्ड, हंगेरी र स्लोभाकियाले बिना समन्वय एकतर्फी निर्णय लिएका हुन् । ब्रसेन्समा भएको बैठकपछि ईयुका प्रवत्ताहरुले भने, पोल्याण्ड र अन्य युरोपियन देशहरुले यूक्रेनको समर्थन गरेर राम्रो काम गरेका थिए ।

तर कुनै पनि समस्याको समाधान निकाल्दा संगठनको निर्धारित फ्रेमवर्क प्रभावित हुनु हुँदैन थियो । उनीहरुले भने, हामी एक युद्ध प्रभावित देश र मानिसहरुको अधिकारका लागि काम गरिरहेका छौ । युद्धको परिणाममा केही यस्ता कुराहरुमा हुन्छन्, जो युक्रेनी जनता, यूरोपियन युनियनका देशहरु र किसानहरुले झेल्नु पर्ने हुन्छ ।

ईयुका पाँच यस्ता देश छन् जसले युक्रेनको खाद्यान्नको मामिलामा तत्काल दखल दिनका लागि भनेका छन् । जसमा पोल्याण्ड, बुल्गेरिया, चेक गणराज्य, हंगेरी, स्लोभाकिया सामेल छन् । यी देशहरुका अनुसार उनीहरुको बजारले युक्रेनबाट भइरहेको सप्लाईलाई झेल्न नसक्ने अवस्थामा पुगेका छन् । बुल्गेरियाले पनि यस्तै खालको प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

यसैबीच युक्रेनी अधिकारीहरुको एक प्रतिनिधिमण्डल वार्सा पुगेको छ । पोल्याण्डमा चुनाव हुन लागेको छ । यस्तोमा किसानहरुको संगठनले प्रदर्शन गरिरहेका छन् । र वर्तमान सरकारसंग आफ्नो माग पुरा गर्न अपिल गरिरहेका छन् । यस्तोमा ईयूको संगठनमाथि नै दबाव बढेको छ भने अर्कातिर युद्धले तहसनहस भएको युक्रेन उत्पादीत खाद्यान्नले बजार नपाउँदा थप आर्थिक संकटमा फस्ने देखिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top