×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

१२ वैशाख ,काठमाडौं ।

मंगलबार नेप्से परिसूचक १७.३६ अंकले बढेको छ। यस दिन नेप्से ०.९२ प्रतिशतले बढेर १९०५.६८ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँ पुगेको छ।

यस दिन २६४ वटा धितोपत्रको २७ लाख ५७० कित्ता सेयर किनबेच भएको हो।मंगलबार तारागाउँ रिजेन्सीको सेयरमूल्य सर्वाधिक ८ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयरमूल्य ५४० रुपैयाँ पुगेको छ।यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ७.८५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९२७ रुपैयाँ ५० पैसा पुगेको छ।

यसैगरी, सनराइज ब्लूचीप फण्डको इकाइ मूल्य १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ५५ पैसा पुगेको छ। यस्तै, सनराइज फोकस्ड् इक्विटी फण्डको इकाइ मूल्य ४.८८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८० पैसामा झरेको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले बढेको छ।मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४२२ रुपैयाँ ५० पैसामा ७ करोड बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०६ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा कालिञ्चोक दर्शन रहेकोे छ। उक्त कम्पनीको ७८८ रुपैयाँमा ३ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top