१२ वैशाख ,काठमाडौं ।
मंगलबार नेप्से परिसूचक १७.३६ अंकले बढेको छ। यस दिन नेप्से ०.९२ प्रतिशतले बढेर १९०५.६८ बिन्दुमा बन्द भएको छ।मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।गत कारोबार दिन ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँ पुगेको छ।
यस दिन २६४ वटा धितोपत्रको २७ लाख ५७० कित्ता सेयर किनबेच भएको हो।मंगलबार तारागाउँ रिजेन्सीको सेयरमूल्य सर्वाधिक ८ प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको सेयरमूल्य ५४० रुपैयाँ पुगेको छ।यस्तै, खप्तड लघुवित्तको सेयर मूल्य ७.८५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९२७ रुपैयाँ ५० पैसा पुगेको छ।
यसैगरी, सनराइज ब्लूचीप फण्डको इकाइ मूल्य १० प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ५५ पैसा पुगेको छ। यस्तै, सनराइज फोकस्ड् इक्विटी फण्डको इकाइ मूल्य ४.८८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ८० पैसामा झरेको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.०९ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशतले बढेको छ।मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४२२ रुपैयाँ ५० पैसामा ७ करोड बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०६ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा कालिञ्चोक दर्शन रहेकोे छ। उक्त कम्पनीको ७८८ रुपैयाँमा ३ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।