सी र जेलेन्स्कीबीच फोन संवादः के भयो कुरा ?

१४ वैशाख, एजेन्सी ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच वार्ता भएको छ । जेलेन्स्कीले ट्विटरमा सीसँग लामो र अर्थपूर्ण फोन संवाद भएको बताएका छन् । रुस–युक्रेन युद्ध सुरु भएयता पहिलोपटक यो दुई समकक्षीबीच संवाद भएको हो ।

ट्विटरमा उनले बेइजिङका लागि राजदूत नियुक्तिसँग द्विपक्षिय सम्बन्धबारे लेखेका छन्, ’द्विपक्षीय सम्बन्धको विकासमा शक्तिशाली प्रेरणा दिएको छ।’ चीनले टेलिफोन संवाद पुष्टि गर्दै भनेको छ, ’हामी सधैँ शान्तिको पक्षमा उभिएका छौँ।’

कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो देश सधैँ शान्तिको पक्षमा रहेको र अहिले देखिएको सङ्कटसँग जुध्ने एक मात्र उपाय वार्ता भएकोमा जोड दिएको बताइएको छ । उनले रुस र युक्रेनबीचको वार्तामा चीन मध्यस्तकर्ता बन्न समेत तयार रहेको उल्लेख गरेका छन् ।

Advertisement

यद्यपी युक्रेनमा भएको आक्रमणको लागि चीनले रुसलाई अहिलेसम्म निन्दा गरेको छैन । रुसको कारबाहीलाई चीनले खुलेर समर्थन नगरे पनि दुई देशबीचको मित्रता बढेको छ । गएको महिना चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई दिने रुस भ्रमण गरेका थिए । लगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि चिनियाँ राष्ट्रपति सी लाई आफ्नो देश भ्रमणको निम्तो दिएका थिए ।

पुटिन र सीबीचको भेटमा युद्ध अन्त्यका लागि द्विपक्षीय छलफल भएको थियो । सीले पुटिनसामु युद्ध अन्त्यका लागि १२ बूँदे प्रस्ताव पनि पेश गरेका थिए । यसैबीच यता अमेरिकी राष्ट्रपति जो बाइडन र दक्षिण कोरियाली समकक्षी योन सुक–न्यलले अमेरिकी पारमाणविक क्षमतायुक्त पनडुब्बी दक्षिण कोरियामा तैनाथ गर्ने लगायतका सहमति गरेका छन् ।

Advertisement

पछिल्लो सम्झौता उत्तर कोरियाली आक्रमणको सामना गर्न अमेरिकाले दक्षिण कोरियालाई गरिरहेको सहयोग मध्येकै एक हो । अमेरिकी सहयोग पछि दक्षिण कोरियाले परमाणु अस्त्र कार्यक्रम अघि नबढाउने सहमति गरेको छ । वासिङ्टन घोषणा नाम दिइएको उक्त सम्झौतापछि आफ्नो देश र दक्षिण कोरियाबीच जारी सहकार्य थप मजबुत भएको अमेरिकी राष्ट्रपति बाइडेनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top