×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

राष्ट्रपतिलाई उपचार गर्न दिल्ली लानु पर्ने कारण अझै खुलेन

१४ बैशाख २०८०

१४ वैशाख, काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको दिल्ली लगिएको विषयमा को सचिवालयले विज्ञप्ति जारी गरेको छ। भ्रम सिर्जना गर्न खोजिएको भन्दै विज्ञप्तिमार्फत सचिवालयले स्पष्ट पार्न खोजेको छ । राष्ट्रपति पौडेलको भारतस्थित एम्स अस्पतालमा उपचार भइरहेको छ।

Advertisement
Advertisement

तर विज्ञप्तिमा राष्ट्रपति पौडेललाई उपचारका लागि विदेश नै लैजानुपर्ने ’मेडिकल कारण’मा छातिको संक्रमण भएकोमा लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएको उल्लेख छ। नेपालको शिक्षण अस्पतालबाहेक अन्य अस्पतालमा रहेका छाती रोग विशेषज्ञसमेतसँग सल्लाह नै नगरी उनलाई विदेश लगिएको हो।

यस विषयमा वीर अस्पतालका डाक्टर अनिल बरालले केही दिनअघि ट्विटरमा उल्लेख गरेका थिए, ’एम्सबाटै छाती रोग विषयमा डिएम उपाधि हासिल गरेका ३ जना वरिष्ठ कन्सल्ट्यान्ट वीर अस्पतालमा कार्यरत हुनुहुन्छ! स्रोत र साधन पनि अहिले राम्रै छन्, यहाँ के कारणले विदेश लान परेको हो, देशले थाहा पाउनुपर्ने हैन र? हामी त सधैं कोही र केही नहुनेलाई मात्र हेर्ने डाक्टर भैयो छ्या!’

राष्ट्रपति पौडेललाई भएको रोगको उपचारका लागि वीर अस्पतालमा डाक्टर मात्रै नभई विशिष्ट व्यक्ति उपचार कक्षसमेत छ। जुन प्रयोगमा नआएको धेरै समय भइसकेको छ। यो विषय बुधबार राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले बैठकमा उठाएकी थिइन । पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने बताएकी छिन् ।

उनले कुन–कुन रोगको नेपालमा उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताएकी छिन् ।उनले वीर अस्पतालमा भिभिआइपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेको तर हाम्रा भिभिआइपीहरु धेरैजसो बाहिरै गएर उपचार गराइरहनु भएको भन्दै कुन–कुन रोगको नेपालमा उपचार हुँदैन ? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा ध्यान दिनुपर्ने बताएकी थिइन।

बुधबार बेलुकी जारी विज्ञप्तिमा ’राजनीतिक कारण’ प्रस्तुत गरेर उठिरहेका प्रश्नहरु मत्थर पार्ने कोसिस गरिएको छ। भनिएको छ, ’राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकहरूको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विषेश आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको हो। यो कुरा सम्माननीय प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको यथार्थलाई यहाँ स्मरण गराउन चाहन्छौं।’

खण्डनका क्रममा ’चिकित्सकहरूको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विषेश आग्रहमा’ भनिएको छ। तर विदेश उपचारका लागि माथि उल्लेखितको नभई ’मेडिकल बोर्ड’को सिफारिस हुनुपर्ने कानुनी व्यवस्था रहेको राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक सुविधा सम्बन्धी ऐन, २०७४ मै उल्लेख छ ।

Advertisement

यस्तै राष्ट्रपति कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ मा विदेश भ्रमण र उपचारका लागि विदेश जाने विषयलाई अलग–अलग व्यवस्था गरिएको प्रष्ट रहेको बताएको छ । थप भनेको छ, ’तर, ऐन कानुन नै नबुझेजस्तो गरी सम्माननीय राष्ट्रपतिका परिवारका सदस्यले दैनिक भ्रमण भत्ता पाउनेजस्ता आम नागरिकलाई दिग्भ्रमित पार्ने सूचना सम्प्रेषण भइरहेकोप्रति हामी दुःख व्यक्त गर्दछौं।’

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top