×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपालमा विवादित अब्दुल्ला अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक

१४ बैशाख २०८०

१४ वैशाख, एजेन्सी ।
नेपालमा रहँदा चर्चासँगै विवादित छवि बनाएका राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अब अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ ।

अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि छनोट प्रक्रियामा भाग लिने महासंघले जनाएको छ । अल्मुताइरी र महासंघबीच छिट्टै राजधानी काबुलमा सम्झौता पत्रमा हस्ताक्षर हुने र त्यसपछि पत्रकार सम्मेलन गरिने जानकारी पनि महासंघले दिएको छ ।

Advertisement
Advertisement

राष्ट्रिय टोलीकै खेलाडीसँग विवादमा परेपछि अल्मुताइरीले गत वर्ष नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । अल्मुताइरीको नेतृत्वमा नेपालले सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनलको यात्रा तय गरेको थियो ।

नेपालले साफ च्याम्पियनसिपको फाइनल खेलेको त्यो नै पहिलो अवसर थियो । झण्डै डेढ बर्षको उनको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । त्यसमा ५ खेलमा जित २ मा बराबरी र १२ खेलमा हार बेहोरेको थियो । दुई महिना अघि उनी नेपाल आएका थिए ।

Advertisement

नेपाल खेलकुद पत्रकार मन्चले गत फागुन २३ गते आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड ग्रहणका लागि उनी नेपाल आएका थिए । उनी सार्क राष्ट्र अफगानिस्तानको प्रशिक्षक बने उनीसँग नेपाली टोलीको भेट साफ गेममा हुन् सक्नेछ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top