×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

मन्त्री फेरिन साथ किन फेरिन्छन् अर्थसचिव ?

२१ बैशाख २०८०

२१ वैशाख , काठमाण्डौ ।
बजेट निर्माणको चटारोबीच अर्थसचिव फेरिएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा अर्जुन पोखरेललाई ल्याएको हो । उनी प्रधानमन्त्री कार्यालयमा थिए । अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ ।

नेकपा एकीकृत माओवादी र नेकपा एमालेको सरकारका पालामा रायालाई अर्थसचिव बनाएर ल्याइएको थियो । तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले रायालाई ल्याएका थिए । एमाले सरकारबाट हटेपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्रीको रुपमा आए ।

Advertisement
Advertisement

उनी आएपछि अर्थसचिव सरुवाको तयारी भएको थियो । रायाको सरुवा हुने भएपछि अर्थसचिवका लागि कृष्णहरि पुष्कर र पोखरेल दौडमा थिए । पुष्करप्रति अर्थमन्त्री महत सकारात्मक भएनन्। पुष्करलाई अर्थसचिव बनाउन महतलाई ठूलै दबाब आएपनि मानेनन्। त्यसपछि पोखरेल अर्थसचिव बनेका हुन्।

महतले केवल भण्डारीलाई सचिवमा ल्याउन सकारात्मक थिए । तर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले नरुचाएका कारण उनले भण्डारीलाई ल्याउन नसकेको बताइएको छ । अर्थ सचिव पोखरेल २०५१ मा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।

उनले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा काम गरिसकेका छन् । सम्पत्ति शुद्धिकरण विभाग प्रमुख, अर्थ मन्त्रालयको प्रवक्ता , सोही मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, कपिलवस्तु र रुपन्देही प्रमुख जिल्ला अधिकारी भएर काम गरेको उनीसँग अनुभव छ ।

उनी सुदुरपश्चिम प्रदेशको सचिव भएर समेत काम गरिसकेका छन् । पोखरेलसंगै यो एक वर्षका बीचमा अर्थ मन्त्रालयमा ४ जना अर्थसचिव फेरिसकेका छन् । अर्थतन्त्र लगातार मन्दीतिर गइरहँदा अर्थ मन्त्रालयमा अर्थसचिवहरु आउने–जाने क्रम रोकिएको छैन । सरकार परिवर्तन र मन्त्री परिवर्तन हुनासाथ अर्थमन्त्री फेरिदै आएका छन् ।

तत्कालीन अर्थसचिव शिशिरकुमार ढुंगानालाई विस्थापित गर्दै १७ साउन २०७८ मा अर्थसचिव बनेका मरासिनी गत वर्ष बजेट निर्माणका क्रममा अर्थमन्त्रालयभित्रै अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको विवादमा मुछिएका थिए । त्यसपछि जनार्दनले आफूसँगै विवादमा मुछिएपनि अर्थ सचिव हुन हतारिएका तत्कालीन राजस्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिव बनाए ।

विवादास्पद पृष्ठभूमिका पुष्कर अर्थसचिव भएसँगै अर्थतन्त्रको अवस्था झन् अप्ठेरोतिर गयो । चुनावी सरकार रहिन्जेल पुष्करले अर्थ मन्त्रालय छाड्नु परेन । तर, १० पुसमा नेकपा एमालेसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेसँगै अर्थमन्त्री बनेका एमाले नेता विष्णु पौडेलले तोयम रायालाई अर्थ मन्त्रालय ल्याएका थिए ।

Advertisement

तर, एमाले सरकारबाट बाहिरिएसँगै अर्थमन्त्रीका रुपमा आएका डा. महतले एक महिनासम्म नयाँ अर्थ सचिव नल्याएपछि बजेटअघि सचिव परिवर्तन नहुने ठानिएको थियो । तर, बुधबार अर्थसचिवका रुपमा अर्जुनप्रसाद पोखरेल नियुक्त भएका छन् । अब उनले आगामी १५ जेठमा संसदमा पेश हुने बजेट निर्माणको नेतृत्व गर्ने छन् । तर अर्थ मन्त्रालयका अधिकारीहरु भने बजेटको मुखमै अर्थसचिव फेरिंदा बजेट निर्माणमा प्रभाव पर्ने बताउँछन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top