×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वार्षिकोत्सवमा बिराट क्याम्पसले गर्याे शिक्षाविद्लाई सम्मान

२१ बैशाख २०८०

२१ वैशाख,विराटनगर ।
विराटनगर स्थित बिराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स)ले शिक्षाविद्लाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याएका रामभक्त धमला र धर्मानन्द खरेललाई क्याम्पसले सम्मान गरेको हो

उनीहरुलाई दोसल्ला ओढाइ प्रमाण पत्र र नगद सहित सम्मान गरेको हो । कलेजले शिक्षा क्षेत्रका अग्रजहरुलाई सम्झनु पर्दछ भन्ने सन्देश दिनका लागि नै वार्षिकोत्सवमा यो सम्मान गरिएको क्याम्पसका संचालक रोशन घिमिरेले बताए ।

Advertisement
Advertisement

बि.स. २०२२ सालदेखि विद्यालयमा अध्यापन शुरु गरेका धमला जनता नि. मा विद्यालय , आमतोलाको प्रध्यानाध्यापक हुँदै २०५८ सालमा अवकाश प्राप्त भएका थिए ।

त्यस्तै खरेलले बि. स. २०३८ सालदेखि विद्यालयमा अध्यापन गर्दै सत्यनारायण मा. बि. विराटनगरको प्रध्यानानाध्यापकबाट अवकास प्राप्त गरेका थिए ।

सो अवसरमा क्याम्पसले स्थापनाकालदेखि नै कर्मचारीको रुपमा कार्यरत भानुभक्त घिमिरेलाई कदरपत्रसहित सम्मान गरिएको थियो । कलेजले आफ्ना उत्कृष्ट विद्यार्थी निहारिका न्यौपाने, ईशा दाहाल, रेणु यादव, किरण यादवलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा कलेजमा सम्पन्न भएको वक्तित्वकला प्रतियोगतामा प्रथम हुने दुर्गा भुजेल, दोस्रो हुने सरिता सुतिहार, तृतीय प्रेरणा दास, अन्जु राजवंशी र सोनीकुमारी यादव सान्तवना पुरस्कार प्रदान गरिएकोे थियो ।

२०४८ सालदेखि संचालनमा आएको कलेजमा व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र एसिसिए कार्यक्रम सञ्चालन हुदै आएको कलेजका प्रमुख रामचन्द्र कोइराला (आरसी) कोइरालाले जानकारी दिए ।

कलेजले विद्यार्थीलाई ज्ञान मात्रै नभएर सीपसहितको व्यावहारिक शिक्षा प्रदान गरिरहेको उनले बताएका छन् । पछिल्लो समय एसिसिएमा विद्यार्थीको आकर्षण बन्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top