अब कक्षा १२ तीन वर्षमै उत्तीर्ण हुनुपर्ने

२७ वैशाख , काठमाण्डौ ।
कक्षा १२ मा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अबदेखि तीनपटक मात्रै ग्रेडवृद्धिका लागि परीक्षा दिन पाउने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । “नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नकेका परीक्षार्थीले जुन विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेको हो, सोही विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन्,” निर्देशिकाको दफा ७ मा भनिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यसैवर्ष २०८० को १२ कक्षाको परीक्षाबाटै सो नियम कार्यान्वय गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको छ । यसअघि, कक्षा १२ को ग्रेडवृद्धिका लागि पाँच पटकसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । निर्धारित ग्रेडिङ प्रणालीमा १.६ जीपीएलाई लाई डी र सोभन्दा कमलाई नन ग्रेडिङमा राखिएको छ ।

यस्तै कक्षा ९ देखि १२ सम्म सामाजिक अध्ययन विषयको परीक्षामा नेपाली भाषामै उत्तर लेख्नुपर्ने भएको छ । कतिपय विद्यालयले सामाजिक अध्ययन विषय अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोले नेपाली वा अङ्ग्रेजीमा परीक्षा दिन पाउनुपर्ने भनी विवाद गरिरहेका बेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नेपाली भाषामै उत्तर लेख्नुपर्ने बताएको हो ।

Advertisement

यसअघि कार्यालयले सुझाव लिनका लागि भन्दै नेपाली÷अङ्ग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि यस विषयमा दुविधा बढेको थियो । मङ्गलवारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पनि सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै दिइने कार्यालयले जनाएको छ ।

यो विषयमा यसअघिकै व्यवस्था कायम भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले बताए । उनले गएको वर्ष जसरी नेपालीमा मात्रै प्रश्न आएको थियो यस वर्ष पनि त्यस्तै आउने बताए । विदेशमा सञ्चालित नेपाली विद्यालय र स्वदेशी विद्यालयमा पढ्ने विदेशी विद्यार्थीले मात्र सामाजिक विषयको परीक्षा अङ्ग्रेजी माध्यममा दिन पाउने महानिर्देशक अर्यालले बताए ।

Advertisement

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा विद्यालय तहको पाठ्यसामग्री र पठनपाठनको भाषाबारे उल्लेख छ । त्यहाँ सामाजिक अध्ययन पठनपाठन तथा प्रश्नपत्र नेपालीमा हुनुपर्ने व्यवस्था छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top