जिउँदा सहिद मुकेश कायस्थ रहेनन्

जिउँदा सहिद मुकेश कायस्थ रहेनन्

२८ वैशाख, काठमाण्डौ ।
दोस्रो जनआन्दोलन (२०६२÷०६३)का जिउँदा सहिद मुकेश कायस्थको निधन भएको छ। उनको उपचारको क्रममा बुधबार साँझ निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि कायस्थलाई गत सोमबार शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको थियो।

२०६२ चैत २७ गते बनेपामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर कायस्थ अचेत भएका थिए। १४ वर्षकै उमेरमा गोली लागेका उनलाई ११ महिना काठमाडौंको वीर अस्पतालमा उपचार गरेर घर लगिएको थियो। घर लगिएपछि पनि उनी ओछ्यानको ओछ्यान नै रहे।

जनआन्दोलनमा घाइते भएर १७ वर्षदेखि ’जिउँदो सहिद’ का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो। २०६२ चैत २७ गतेको आन्दोलनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते । गोली मुकेशको कञ्चटमा लागेको थियो। त्यतिबेला उनी १४ वर्षका मात्र थिए।

२०७६ सालमा मस्तिष्को नशाको शल्यक्रियासमेत गरिएको थियो। त्यसयता उनको अवस्था झन् खस्कँदै गएको परिवारले जानकारी दिएको छ। उनको बिहीबार अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष नेपालले जानकारी दिए। सरकारले मुकेशको उपचार खर्च वापत १५ हजार मासिक, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.