१ जेष्ठ, एजेन्सी ।
थाइल्यान्डमा भएको आम निर्वाचनमा सैनिक शासनका विपक्षी दलहरूले बम्पर सिट पाएका छन् । जसपछि थाइल्याण्डमा झण्डै एक दशकदेखि सत्तामा रहेको सेना समर्थित सरकारले विदाई गर्ने देखिन्छ । अहिलेसम्मको ९९ प्रतिशत मतगणनामा विपक्षी दल मुभ फर्वार्ड पार्टी र पपुलिस्ट फाइउ थाइ पार्टीले बम्पर सिट हात पारेका छन् ।
कुल ५०० सीटका लागि भएको निर्वाचनमा मुभ फर्वार्ड पार्टीले १५१ सीट जितेको छ । अनि पूर्व प्रधानमन्त्री थाकसिन शिनावात्राकी छोरीको नेतृत्वमा रहेको फेउ थाइ दल १४१ सीटका साथ दोस्रो स्थानमा छ । सेनासँग निकट रहेका दलहरूको सत्तारूढ गठबन्धनले जम्मा १५ प्रतिशत सीट जितेको छ ।
सन् २०१४ मा कू गरी सत्तामा आएका प्रधानमन्त्री प्रयुत चान–ओचालाई परिणामले झड्का दिएको छ । प्रयुत सरकारबाट अधिकांश जनता भाग्न चाहेको र परिवर्तनको पक्षमा रहेको यस मतपरिणामले देखाएको थाइ राजनीतिशास्त्रीहरुले बताएका छन् ।सामाजिक सञ्जालमा मुभ फर्वार्ड पार्टीका समर्थकहरूले विजय सन्देश पोस्ट गरिरहेका छन् ।
उनीहरूले आफ्नो दलको जीतलाई परिवर्तनको लहर तथा नयाँ युगको आरम्भ भनी व्याख्या गरेका छन् । मुभ फर्वार्डका ४२ वर्षीय नेता पिता लिमजारोएनरातले आफू देशको ३०औं प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । फेउ थाई पार्टीसँग मिलेर गठबन्धन सरकार बनाउन आफू तयार रहेको पनि उनले बताएका छन् ।
तर देशको सिनेटमा सेनाको पकड रहेकाले विपक्षी दलहरूलाई सरकार बनाउन त्यति सहज चाहिँ छैन । तर, सत्ताको चाबी सेनाको हातमा रहेकाले विपक्षी दलले सरकार बनाउने वा नबनाउने भन्ने टुंगो लागिसकेको छैन ।
आइतवारको चुनावमा, विपक्षी दलहरूले मतदाताहरूलाई सैन्य शासनबाट स्वतन्त्रताका साथै थाइल्याण्डमा राजतन्त्रको अपमानजनक कानूनलाई सुधार गर्ने, सरसफाइ जस्ता मुद्दाहरूमा भोट खोज्ने वाचा गरेका थिए । थाइल्यान्डको चुनावी नतिजाहरू पूर्ण रूपमा सार्वजनिक हुन केही दिन लाग्नेछ ।
थाइल्याण्डमा सैन्य शासनपछि यस्तो प्रणाली बनाइएको छ कि निर्वाचनपछि २५० सदस्य भएको सिनेटको समर्थन लिनुपर्छ । सिनेटले प्रधानमन्त्री र सत्तारुढ दलको निर्वाचन गर्छ । यद्यपि, यस सिनेटका सदस्यहरू निर्वाचित हुँदैनन् र सेनाद्वारा नियुक्त हुन्छन्।
यसरी विपक्षी दलले बम्पर सिट पाए पनि सरकार बन्न दिने कि नदिने भन्ने टुंगो लाग्न सकेको छैन । थाइल्याण्डको सबैभन्दा पुरानो पार्टीहरूमध्ये फयु थाई पार्टी हो। यसको संस्थापक अर्बपति उद्योगपति थाक्सिन सिनावात्रा हुन्। थाक्सिन सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री समेत भइसकेका छन् ।
योसँगै उनका आफन्त यिङलक सिनावात्राले पनि देशको नेतृत्व सम्हालेकी छिन् । तर, दुवै पटक सेनाले दुवैलाई सत्ताबाट हटाइदिएको थियो । अब थाक्सिनकी छोरी पैतोंगार्न सिनावात्रा अहिले प्रधानमन्त्री बन्ने दौडमा छिन् । योसँगै मुभ फर्वार्ड पार्टीका नेता पिता लिम्जारोनराट पनि प्रधानमन्त्रीको दौडमा छन् । दुवै दलले गठबन्धनलाई अस्वीकार गरेका छैनन् । यद्यपि प्रधानमन्त्री पदमा मतभेद हुन सक्छ।