आज सुनको मूल्य बढ्दा चाँदी भने स्थिर

१ जेष्ठ ,काठमाण्डौ ।

Advertisement

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।गत कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top