×

NEPAL TIMES UPDATES

Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026

शरणार्थी प्रकरणमा आफूमाथि आरोप लागेपछि प्रचण्डले यसो भने …

२ जेष्ठ २०८०

२ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानूनी दायरामा ल्याउनुपर्नेमा प्रमुख तीन दल नै बैठक बसेर अपराधी जोगाउन खोजेको आरोप प्रतिनिधिसभाका सांसदहरूले लगाएका छन् । सोमबार बसेको बैठकमा सांसदहरूले प्रमुख तीन दलले अपराधीलाई जोगाउन नहुने बरु पूर्व प्रधानमन्त्रीहरू पनि जिम्मेवार हुनुपर्ने बताए ।

नेमकिपाका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू जिम्मेवार हुनुपर्ने बताए । एमालेका सांसद ठाकुर गैरेले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रगति विवरण माग गरे । उनले भ्रष्टाचारसम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन ढिलाइ भइरहेकामा प्रश्न उठाए ।

Advertisement
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई प्रभाव पार्न तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूले तारन्तर भेटिरहेको बताए । यस्तै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी सामान्य भ्रष्टाचारको मुद्दा मात्र नभई राष्ट्रद्रोह भएको बताए ।

उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने धन्दा देशद्रोह भएको धारणा राखे । ‘यो सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गरिँदै छ, यो सामान्य भ्रष्टाचार मात्र होइन, देशद्रोह हो । यसले राजनीतिमा अविश्वासको वातावरण सिर्जना गरिरहेको छ,’उनले भने ।

नेता यादवले केही दिनयता ठुला ३ दलका नेताहरू निरन्तर भेटिरहेकामा आशंका भएको पनि बताए । उनीहरूको भेटघाटले यो मुद्दामा मिलेमतो गर्न खोजेको त होइन भन्ने शंका उत्पन्न भएको उनको भनाइ थियो । यसैक्रममा कांग्रेस सांसद आरजु राणा देउवाले पनि भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो बनाएको भन्दै आपत्ति जनाइन् ।

आफूलाई बदनाम गर्ने नियत भएको भन्दै उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको उनले बताइन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन रोक्न आफूलाई कसैले दवाव नदिएको बताएका छन् ।

सोमबार माओवादी केन्द्रका पदाधिकारीहरुसँग बालुवाटारमा अनौपचारिक छलफल गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री र उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रकरणबारे ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीचको भेटघाटमा बाहिर आशंकायुक्त टिकाटिप्पणी भएको भए पनि संसदको क्रियाशीलताका लागि छलफल गरेको बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड कारबाहीप्रति प्रतिवद्ध देखिएको एक पदाधिकारीले बताए ।

Advertisement
Advertisement

‘प्रधानमन्त्रीको मुड नरोकिने खालको छ,’ उनले भने, ‘यो भन्दा ठूला, साना मुद्दाहरुमा पनि क्रमशः अगाडि बढ्नुपर्छ । जे हुन्छ व्यहोरेर जाने भन्ने किसिमको देखिन्छ ।’ भ्रष्टाचारका सन्दर्भमा ‘आफ्नै टाउकोमा ओगो सल्काउने’ भन्ने शब्द प्रयोग गरेर जानुपर्ने सुझाव पदाधिकारीले दिएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top