×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

डाक्टरको परामर्श शुल्क  नै  ४२० देखि ९४० रूपैयाँसम्म  पुग्यो

२ जेष्ठ २०८०

२ जेठ, काठमाण्डौ ।
चिकित्सकको परामर्श सेवा शुल्क अर्थात सरल भाषामा भनुपर्दा डाक्टरहरुको फिस बढेको छ । दुई वर्षपछि चिकित्सकहरुको परामर्श शुल्क १४ प्रतिशतले बढेको हो । नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।

संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्न सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए । महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क ९४० देखि ४२० रूपैयाँसम्म तोकिएको बताए ।

Advertisement
Advertisement

नयाँ शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविए तथा बीडीएस तहका चिकित्सकको शुल्क ४२० रुपैयाँ र पाँच वर्षभन्दामाथि अनुभव भएकाको ५१५ रूपैयाँ तोकिएको छ । यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको पाँच सय ९० रूपैयाँ र त्योभन्दा बढी छ भने छ सय ७० रूपैयाँ तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको सात सय ५० रूपैयाँ र पाँच वर्ष बढी अनुभव भएको आठ सय रूपैयाँ शुल्क तोकिएको छ ।

Advertisement
Advertisement

यस्तै पाँच वर्षसम्मको अनुभव भएका डिएम÷एमसीएच तहका चिकित्सकको ८८० रूपैयाँ तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी÷एमसीएच तहका चिकित्सकको ९४० रूपैयाँ र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडी÷एमएस÷एमडिएसका चिकित्सकको ९४० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top